९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध

धाँजा फाटेर धानका बोट पहेँलिन थाले

धाँजा फाटेर धानका बोट पहेँलिन थाले
अ अ+ अ-

धनुषा । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ । खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएका छैनन् ।

पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ । रोपाइँ गरेका धान खेतमा पनि धाँजा फाटेर बोट पहेँलिन थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसान आकाशतिर हेर्दै दिन काटिरहेका छन् ।

वर्षा हुन नसक्दा किसानले पम्पसेटमा महँगो डिजेल खर्चेर पानी लगाइरहेका छन् । प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी लगाउनुपरेको क्षीरेश्वरनाथ नगरपालिका–४, हरैयाका किसान दिपो यादवले गुनासो गर्नुभयो । यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न र रोपिसकेपछि सिँचाइ गर्न पम्पसेट चलाउनुपरेको यादवले बताउनुभयो ।

“असार र साउन पानी नपरेरै बित्यो, भदौ लागेपछि पनि उही अवस्था छ, बाहिर हेर्दा चैतमा जस्तो खण्डहर देखिन्छ”, यादवले भन्नुभयो, “हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रासायनिक मल छैन् ।”

धनुषामा अहिले क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम, लक्ष्मिनिया, सबैल, शहीदनगरलगायत पालिकाका किसानले पम्पसेट चलाएर धान बालीमा सिँचाइ गरिरहेका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका अधिकांश किसानले लगाएको धानबाली भने सुकेर गइरहेको छ । पानीको सतह निकै तल रहेकाले उत्तरी भेगमा पम्पसेट चल्दैन । उत्तरी भेगमा केही किसानको खेतमा कुलोको पानी लागे पनि खोलामा पानी सुकेपछि पानी लगाउन किसानबीच हानाथाप छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख शङ्रप्रसाद साहले जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसी रातु नदीबाट कुलोमार्फत त्यहाँका किसानले धान समयमै रोपी सिध्याएको बताउनुभयो । सिँचाइको प्रयाप्त सुविधा नभए पनि बाह्रैं महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिश्मवरमा धान रोपिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख साहले तत्काल वर्षा नभए धानखेतीमा ठूलो क्षति पुग्ने र उत्पादनमै ह्रास आउनसक्ने बताउनुभयो । मधेस प्रदेशका आठ जिल्लामा केही समयदेखि वर्षा हुन नसक्दा धान खेतमा चिरा पर्नाका साथै बोट पहेँलिँदै गएको किसान बताउँछन ।

यसरी लामो समयदेखि मधेस–तराई क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको हो । वर्षात्का बेला बाढीपसेको मौकामा रोपाइँ गरेका किसान लामो समय पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन् । बाढीको बेला भल छोपेर रोपेको धान खेत चिरा–चिरा परेको स्थानीय किसान बताउँछन् । बटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघामा लगाएको धान सुक्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिँचाइको व्यवस्था नहुँदा कल ९ट््युबेल० बाट खेतमा पानी लगाउँदै आएका छौँ, तर त्यसले कतिञ्जेल धान्नु रु” क्षीरेश्वरनाथ नगरपालिका–४ का जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयोे ।

सो वडाका वडाध्यक्षसमेत रहेका यादवले सबै किसानका खेतामा सिँचाइ सुविधा पु¥याउने गरी तीनवटै सरकारले काम गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले सिँचाइ अभावमा धान उत्पादनमा कमी आउने आकलन गर्नुभयो । किसानसमेत रहेका यादवले पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आएको बताउनुभयो ।

क्षीरेश्वरनाथका युवा नेता घनश्याम यादवले लामो समयदेखि वर्षा नहुँदा किसान उत्पादनलाई लिएर चिन्तित हुन थालेको र यसबारे सरकारले बेलैमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका अनुसार धनुषामा ६४ हजार छ सय हेक्टरमा धान खेती हुँदै आएको छ । त्यसमध्ये करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रमा सिँचाइ हुने गरेको छ भने बाँकी जमिनमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थिति छ ।

कृषिविज्ञ डा श्रीभगवान ठाकुरले मधेस–तराई मुख्य गरी धानबाली र तरकारीका लागि उपयुक्त भूमि भएकाले केन्द्र, प्रदेश र स्थानीय तीनवटै सरकार मिलेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तराईँले पूरै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्दछ”, उहाँले भन्नुभयो ।

मधेस प्रदेशको कृषि निर्देशनालयका अनुसार यस प्रदेशमा पाँच लाख ४७ हजार दुई सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेको तर पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै छ । अहिले पाँच लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ । खेतीयोग्य जग्गा पाँच लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल एक लाख १५ हजार पाँच सय १५ हेक्टर मात्रै छ ।

कृषि अधिकृत बद्रीनारायण झाले जेनतेन गरेर खेतमा धान रोपाइँ भए पनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको बताउनुभयो । “पानी नपर्दा किसान निराश छन्, धान खेत हेर्न गयो सबै चिराचिरा परेर सुक्न थालेको देखिन्छ”, झाले भन्नुभयो, “तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।” रासस