५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री
अ+ अ-

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजधानीमा लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपिसीबीच उक्त परियोजनाअघि बढाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ४० वर्षदेखि चर्चामा रहेको उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिनुभयो ।

“उक्त आयोजना समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई म निर्देशन दिन्छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “सरकारको तर्फबाट आयोजना विकासका लागि सबै प्रकारको सहयोग उपलब्ध हुन्छ, लगानीमैत्री वातावरण बनाउन वर्तमान सरकारले अधिकतम प्रयास गरिरहेको छ ।” प्रधानमन्त्री देउवाले नेपालको विकासको गति अघि बढिरहेको जानकारी गराउँदै गत चैतमा सम्पन्न आफ्नो भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी महत्वपूर्ण सहमति भएको स्मरण पनि गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा यस परियोजना विकासका सम्बन्धमा महत्वपूर्ण छलफल भएको र यो त्यसैको निरन्तरताको रूपमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपालको ऊर्जा विकासका लागि भारत सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनुभयो । केही अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् व्यापारका लागि सरकार लागि परेको पनि उहाँले जानकारी दिनुभयो ।

विद्युत् व्यापारका लागि भारतीय बजार खुला भएको र सोही आधारमा निर्यात सुरु गरेको पनि जानकारी दिँदै प्रधानमन्त्री देउवाले अहिले बढी भएको बिजुली निर्यातका लागि छिट्टै भारतीय बजार खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतबीच सदियौँदेखि जनस्तरबाटै बलियो सम्बन्ध रहेको पनि स्मरण गर्नुभयो ।

प्रधानमन्त्री देउवाको समुपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र भारतीय कम्पनी एनएचपिसीका सिएमडी एके सिंहबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालको भौतिक पूर्वाधारको विकासमा बोर्डले निरन्तर काम गरिरहेको र सोही कार्यक्रमअन्तर्गतकै यो महत्वपूर्ण समझदारी भएको बताउनुभयो ।

कम्पनीका सिएमडी एके सिंहले आजदेखि नयाँ यात्राको थालनी गरेको उल्लेख गर्दै समयमै उक्त परियोजना निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, वन तथा वातावरणमन्त्री प्रदीप यावद, सुदूरपश्चिम प्रदशेका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतको उपस्थिति रहेको थियो । रासस