२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीविरुद्ध आर्सनलको लज्जास्पद हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले आर्सनलविरुद्ध सानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जित निकालेको हो।

घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे।

यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

सिटीको मैदान इतिहाद स्टेडियममा खेलको सातौं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।  

खेलको ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि  आर्सनल १० खेलाडीमा समेटिएको थियो । जोआ कान्सेलोलाई खराब ट्याकल गरेपछि रेफ्रीले जाकालाई सिधै रातो कार्ड देखाएका थिए ।

यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ । 

आर्सनलले भने लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।