२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ सङ्क्रमित

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ सङ्क्रमित
अ अ+ अ-

एजेन्सी । भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ । 

औसतमा देशभरी दैनिक ३०÷४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन् । 

देशभरी दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेका बेला केरलामा फेरि अत्यधिक बढेपछि सबैको ध्यान केरलातर्फ मोडिएको छ । केरलाको मात्रै कूल सङ्क्रमितको सङ्ख्याभन्दा मुलुकको बाँकी सबै ठाउँमा सङ्क्रमितको सङ्ख्या थोरै रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा देशभरी सङ्क्रमितको सङ्ख्या ४६ हजार ७५९ रहेको छ । सोही अवधिमा कोरोनाका कारण मात्रै देशभरी मृत्यु भएकाको सङ्ख्या ५०९ रहेको अधिकारीले जानकारी दिएका छन् । तीमध्ये १७९ जना केरलाका मात्रै रहेका छन् । 

भारतमा अहिले कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २६ लाख ४९ हजार ९४७ पुगेको छ भने तीमध्ये तीन लाख ५९ हजार ७७५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३१ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड १८ लाख ५२ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।