२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेस जिल्ला सभापतिहरुको अनशन सकियो



अ+ अ-

काठमाडौं । १४ औ महाधिबेशनका सन्दर्भमा तयार पारिएको क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै रिले अनशनमा बसेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन  टुंग्याएका छन् ।

अनशन बसेको बिषय समाधान भै सकेको भन्दै विवाद टुंग्याउने जिम्मा पाएका नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकले  शनिबार  साँझ पार्टी कार्यालय  सानेपा पुगेर अनशनमा तोडाउनु भएको हो ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका लागि बनाइएको दोहोरो मापदण्ड हटाई एउटै बनाउनुपर्ने र क्रियाशील सदस्यता विवाद मापदण्ड अनुसार अन्त्य गर्नुपर्ने माग राखेरगत मंगलबार देखी सस्थापन ईतरखेमाका जिल्ला सभापतिहरु कांग्रेस मुख्यालयमा अनसन बसेका थिए ।