६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बिजनेसविहीन, १७ मन्त्रीको भारी देउवालाई



अ+ अ-

काठमाडौं । गत साउन ३ मा संसद्मा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन्।

गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ। सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। बजेटमा अन्योल छ। सुशासनमाथि प्रश्न उठेका छन्। संसद बिजनेसविहीन छ। तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन्। 

१७ मन्त्रीको भारी आफैंलाई
देउवा प्रधानमन्त्री बनेको झण्डै डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। १७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ। प्रधानमन्त्रीसहित कांग्रेसका ४ (एक राज्यमन्त्री) र माओवादीका २ मन्त्रीको भरमा देश सञ्चालन भइरहेको छ। मन्त्री नहुँदा सरकार सञ्चालनको काम प्रभावित छ भने मन्त्रालयका कामकाज ठप्प छन्।

मन्त्रिपरिषद् विस्तारमा देउवाले एमाले विभाजनलाई पर्खेको उनी निकट नेताहरू बताउँछन्। निर्वाचन आयोगले एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिएकाले मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सहज भएको उनीहरूको दाबी छ। सत्ता गठबन्धनका सहयात्री एकीकृत समाजवादीका अध्यक्ष नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग देउवाले मन्त्रिपरिषद्बारे छलफल गरिरहेको स्रोतले बतायो। दाहाल सोमबार बालुवाटार पुगेर मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिन सुझाव दिएको उनका प्रेस सहयोगी विष्णुप्रसाद सापकोटाले जनाए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार केमा अल्झियो भन्ने पत्तो नपाइएको प्रतिक्रिया दिए। ‘जनतामाझ लोकप्रिय हुने मौका शेरबहादुरजीले पाउनुभएको छ,’ पौडेलले भने, ‘तर सरकार केमा अल्झियो भन्ने पत्तो पाइएन। समयमै मन्त्रीमण्डल विस्तार गरेर जनताका काममा अघि बढ्नुपर्ने हो।’ 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अब गति लिने बताए। ‘सभापतिज्यू केही समय पार्टी महाधिवेशनको काममा अल्झिनुभयो,’ उनले भने, ‘उहाँ (प्रधानमन्त्री) को ध्यान अव सम्पूर्ण रूपमा सरकारमा केन्द्रित हुन्छ। सरकारले गति लिन्छ।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।