• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

दिउँसोमा विधेयक प्रमाणीकरण भएन रातिमा पठाऔं: सांसद महत



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नागरिकता विधेयक प्रमाणीकरण गर्न दिउँसोमा पठाउँदा प्रमाणीकरण नभएकाले रातिमा पठाउनु पर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्दर्भमा व्यंग्यात्मक शैलीमा राति पठाउँदा प्रमाणीकरण हुन सक्ने बताएका हुन् ।

महतले राष्ट्रपति भण्डारीलाई रातिमा विधेयक प्रमाणीकरण गर्ने बानी परेको टिप्पणी गरे । उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय, यो राति पठाउनुपर्यो । किनभने अलि अप्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । त्यसो भएकाले यो दिउँसो नपठाउनुहोला ।’

महतले हाल एमालेको नेतृत्वमा रहेका अरु चार समिति फिर्ता लिएर लेखा समितिमा दिन सुझाव पनि दिए ।