२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा होमियो काँग्रेस



अ+ अ-

काठमाडौँ  । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि पार्टी अब सम्पूर्ण रूपमा महाधिवेशनमा होमिने अवस्था सिर्जना भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशनसमेत तोडिएको छ । शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । आफूहरूको माग पूरा भएकाले अनशन स्थगित गरिएको उहाँले जानकारी दिनुभयो । जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा। मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुग्नुभएको थियो ।

५३ जिल्लाको सूची सार्वजनिक
काँग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी काँग्रेसले दिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिनुभयो । यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई काँग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ ।

यसअघि काँग्रेसले भदौ १० गते ३८ जिल्ला र ११ गते थप १० जिल्ला गरी ४८ जिल्लाको सदस्यता सूची सार्वजनिक गरेको थियो । शनिबार पाँच जिल्लाको सूची सार्वजनिक भएपछि अब २४ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लाग्न बाँकी छ । पार्टीले विवाद मिलेका जिल्लाको सूची केन्द्रीय निर्वाचन समितिमार्फत सार्वजनिक गर्ने गरेको छ । निर्वाचन समितिलाई सूची उपलब्ध गराएलगतै आफूहरू सूची सार्वजनिक गर्ने जानकारी केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।