२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ कार्यदल बैठकः शीर्ष नेताहरुलाई भेटेर प्रगति विवरण सुनाउने



file
अ+ अ-

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगतिविवरण शिर्ष तहमा बुझाउने भएको छ ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘कार्यदललाई जुन जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारीलाई पूरा गर्ने अन्तिमअन्तिम चरणमा पुगेका छौं । र, आज एक पटक अहिलेसम्म भएको छलफलका विवरणहरु जुन छ, त्यो विवरणहरु शिर्षस्थ नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त्य भएको छ । अहिलेसम्म हामीले विभिन्न मोडालिटीमा छलफल गरेका छौं । र, तपाईहरुलाई मोडालिटीको बारेमा मैले पहिला पनि बताईसकेको छु । र, तिनै मोडोलिटीहरुलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ । त्यही मोडालिटीको आधारमा सिट विभाजनको हामी निष्कर्षको चरणतर्फ हामी अगाडि बढदैछौं । दलहरुलाई न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा गठबन्धनमा रहेका सबै दलहरु सहमत छांै । र, त्यही न्यायपूर्ण तरिकाले अगाडि बढाउनका निमित्त लामो छलफल भएको छ ।’

शिर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्य समेत रहनु भएका मन्त्री कार्कीले अव बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्याउनु भयो । उहाँले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गर्नु भएको बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतीम पुग्ने बताउनु भयो ।