११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

सत्तारुढ कार्यदल बैठकः शीर्ष नेताहरुलाई भेटेर प्रगति विवरण सुनाउने

सत्तारुढ कार्यदल बैठकः शीर्ष नेताहरुलाई भेटेर प्रगति विवरण सुनाउने
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको मोडालिटी तय गर्ने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलले सो सम्बन्धि आफ्नो हालसम्मको प्रगतिविवरण शिर्ष तहमा बुझाउने भएको छ ।

कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको प्रगति विवरण शिर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी हालसम्म भएको प्रगति विवरण शिर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्री समेत रहनु भएका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘कार्यदललाई जुन जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारीलाई पूरा गर्ने अन्तिमअन्तिम चरणमा पुगेका छौं । र, आज एक पटक अहिलेसम्म भएको छलफलका विवरणहरु जुन छ, त्यो विवरणहरु शिर्षस्थ नेताहरुलाई अवगत गराउने र त्यसपछि बस्ने बैठकबाट निर्णयमा पुग्ने सहमतिका साथ आजको बैठक अन्त्य भएको छ । अहिलेसम्म हामीले विभिन्न मोडालिटीमा छलफल गरेका छौं । र, तपाईहरुलाई मोडालिटीको बारेमा मैले पहिला पनि बताईसकेको छु । र, तिनै मोडोलिटीहरुलाई केन्द्रमा राखेर सिट विभाजनकै कुरा छ । त्यही मोडालिटीको आधारमा सिट विभाजनको हामी निष्कर्षको चरणतर्फ हामी अगाडि बढदैछौं । दलहरुलाई न्यायपूर्ण तरिकाले मिलाएर जाने कुरामा गठबन्धनमा रहेका सबै दलहरु सहमत छांै । र, त्यही न्यायपूर्ण तरिकाले अगाडि बढाउनका निमित्त लामो छलफल भएको छ ।’

शिर्ष तहमा प्रगतिविवरण बुझाएपछि बस्ने बैठकले सो बारे आवश्यक निर्णय गर्ने पनि कार्य दलले जनाएको छ । गठबन्धनमा रहेका सबै दलहरुलाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँड गर्ने कुरामा आफूहरुबीच सहमति रहेको उल्लेख गर्दै कार्य दल सदस्य समेत रहनु भएका मन्त्री कार्कीले अव बस्ने कार्यदलको बैठकले त्यसलाई टुंगोमा पुर्याउनु भयो । उहाँले माओवादी केन्द्रको चुनाव चिन्ह हसिया र हतौडाबाट चुनाव लडने सहमति गर्नु भएको बाबुराम भट्टराई र बामदेव गौतमलाई दिने सिट संख्याको बारेमा पनि छलफल गरेर सहमतीम पुग्ने बताउनु भयो ।