• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

भक्तपुरमा बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिँदै



भक्तपुर । जिल्ला स्वास्थ्य कार्यालय र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले यहाँ हात्तीपाइले रोगको अवस्थाका बारेमा जिल्लास्तरीय सर्वेक्षण गर्ने भएका छन् ।

हात्तीपाइले रोगको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी लिन र रोग निवारणका लागि आवश्यक नीति बनाउने उद्देश्यले जिल्लाका चार नगरपालिकाका ४० विद्यालयमा सर्वेक्षण गर्न लागिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले सन् २०१३ मा भक्तपुरमा १३ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी रहेका र त्यसपछिको अवस्था के छ, भक्तपुरलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन के गर्ने भन्नेबारेमा नीति बनाउन सर्वेक्षण गर्न लागिएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन दीपक अछामीले हात्तीपाइले रोगको ओखती जान्ने बुझ्नेले पनि नखाँदा जोखिम बढेको बताउनुभयो । उहाँले विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत छ/सात वर्ष उमेर समूहका विद्यार्थीमा नमूना परीक्षण गरी सर्वेक्षण गरिने बताउनुभयो ।