५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छः कुलमान घिसिङ

प्राधिकरणको नाफाको ग्राफ अझै बढ्छः कुलमान घिसिङ
file
अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउनु भयो । उहाँले प्राधिकरणको आर्थिक सुधार गर्न सरकार समेत लागेको बताउनु भयो । उहाँले वर्तमान सरकार आएसँगै प्राधिकरण विद्युत निर्यात गर्न सफल भएको बताउनु भयो ।

घिसिङले भन्नुभयो,‘विद्युत प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र विद्युत प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको समाधान र व्यवस्थापन पनि छ । जति हामीले जोखिम मोल्छौं त्यति प्राधिरकणलाई फाइदा हुन्छ । अहिले प्राधिकरण निजी क्षेत्रबाट विद्युत उत्पादन कम्पनी अगाडि आउनुपर्छ भनेर अगाडि बढेको छ । त्यसको कारण प्राधिकरणको ग्राम माथि उकालो लाग्दैछ । उकालो लागि रहन्छ । तपाईहरुलाई प्रतिवद्धताका साथ भन्छु आगामी दिनमा प्राधिकरणको ग्राफ अझै उकालो लाग्छ ।

यो विषयमा हामी बढी चिन्तित हुनुपर्ने आवश्यकता छैन । सरकार लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री पम्फा भुसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएका छौं । सानो झिल्कोले पनि ठूलो काम गर्छ । साना कुरामा चिन्ता गर्नपर्छ जस्तो लाग्दैन । यो शुरुवात हो । शुरुवातमा केही शुभ संकेत देखाएका छौं । आगामी दिन धेरै राम्रो बन्दै जानेछ । विद्युत निर्यातका विषयमा चिन्ता गर्नु पर्दैन । चिन्ता प्राधिकरणलाई कसरी व्यवस्थित गर्ने कर्मचारीले बढी भन्दा बढी काम गरेर प्राधिकरणलाई उत्कृष्ट संस्थाको रुपमा अगाडि बढाउने कुरामा गम्भिर हुनुपर्छ ।’

उहाँले विद्युत प्राधिकरणका कर्मचारीको तलव खानसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । उहाँले प्राधिकरणका कर्मचारीले बोनस लिने निर्णय नहुँदै अख्तियारदेखि १० ठाउँबाट पत्र आउने स्मरण गर्नुभयो । कार्यकारी निर्देशक घिसिङले अहिले प्राधिकरण नाफामा रहेकाले तलव खान ऋण लिनुपर्ने अवस्था अन्त्य भएको बताउनु भयो । उहाँले प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधामा चार वर्षमा ठूलो फड्को मारको बताउनु भयो ।

घिसिङले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको बताउनु भयो । उहाँले प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएकाले पनि खपत बढेको बताउनु भयो । उहाँले प्राधिकरण राज्यको सबै संयन्त्र नभएको भन्दै राज्यले पनि गर्नुपर्ने बताउनु भयो । घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हिजो विद्युत प्राधिकरण कर्मचारीहरुले तलव खानको लागि पनि ऋण लिनुपर्ने अवस्था थियो । त्यो बेला सानो इन्सेन्टिभ खाऔं भनेर बोर्डले पास गर्न नपाई अख्तियारबाट चिठी आउने गथ्र्यो । १० स्थानबाट पत्र आउने थियो । कुनै पनि निर्णयको कार्यान्वयन नहुने गरेको थिएन । आज त्यो स्थितिको अन्त्य भएको छ । प्राधिकरण नाफामा नभएको भए सम्भव छ ।

प्राधिकरणले कमाइ रहेकाले यो सम्भव भएको हो। प्राधिकरणले कर्मचारीको वृद्धि विकास र सेवा सुविधाभा चार वर्षमा ठूलो फड्को मारको छ । त्यस्तै प्राधिकरणले पछिल्लो पाँच वर्षभित्र करिव तीन गुणा विद्युत खपत बढाएको छ । प्राधिकरणको विद्युत खपत बढाउने कार्ययोजनाको कारणले बढेको हो । प्राधिकरणले धेरै पूर्वाधार विकास र सवस्टेसन र ट्रान्समिसन लाइनहरु बनाएका छौं । प्राधिकरण राज्यको सबै संयन्त्र होइन । राज्यले पनि गर्नु पर्छ । तर विद्युत खपत नबढेको छैन । प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढ्नु भनेको उर्जा क्षेत्रको ठूलो फड्को हो । अझै विद्युतको खपत बढाउनु पर्छ ।’

निर्देशक घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको बताउनु भयो । उहाँले विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि,४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले मुनाफा आर्जन सम्भव भएको दाबी गर्नुभयो ।

उहाँले नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताउनु भयो । घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गर्नुभयो । उहाँले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको बताउनु भयो । उहाँले विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुलमन्त्र पनि बताउनु भयो । उहाँले भारतलाई अहिले दैनिक ४०० सय मेगावट विद्युत निर्यात गरिरहेको बताउनु भयो । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको घिसिङको भनाई छ ।

उहाँले भन्नुभयो,‘ भारत सरकारबाट हाल ३६५ मेगावट विद्युत निर्यात गर्न अनुमति भएकाले प्राधिकरणले प्रतिष्पर्धा मार्फत दैनिक करिव ४०० सय मेगावट विद्युत व्यापार गर्न सफल भएकोमा हामी उत्साहित भएका छौं । विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुको साथै विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ । आगामी दिनमा छिमेकी देशहरुमा थप विद्युत निर्यात गर्नेछ । ३७ वर्षको इतिहासमा प्राधिकरण सबै भन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि,४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी र निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रण आदी कारणले मुनाफा आर्जन सम्भव भएको हो ।

तीन वर्षदेखि विद्युत महशुल घटाउँदै २५ प्रतिशत विद्युत महशुल कम हुँदा पनि प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा बढी मुनाफा कमाउन सफल भएको छ । प्राधिकरणले ग्रामिण क्षेत्रमा विद्युतको उज्यालो नदेखेका जनताको घरघरमा विद्युत पु¥याउन सफल भएको छ । अहिले नेपालका ९३ प्रतिशत जनताले विद्युत उपभोग गर्न पाएका छन् । वैकल्पिक उर्जा समेत गर्दा करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएका छन् । अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको छ । आगामी दुई वर्षभित्र सतप्रतिशत जनता सामु विद्युत पहुँच पु¥याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन स्रोत परिचालन गरेको छ । विद्युत चुहावट प्राधिकरणको आर्थिक सुधार गर्नु मुल मन्त्र हो ।’

विद्युत प्राधिरकणले आफ्नो करिव २ दर्जन भावी कार्ययोजनाहरू समेत सार्वजनिक गरेको छ । प्राधिकरणको प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म विभिन्न योजनाहरु सार्वजनिक गरेको छ ।

प्राधिकरणले सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गरी उत्पादन मिश्रणमा आधारित ठूलो क्षमताको जलाशययुक्त तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास गर्ने योजना अगाडि सारेको छ । काठमाडौं लगायतका प्रमुख शहरहरुमा वृद्धि भइरहेको उच्च विद्युत मागलाई सम्बोधन गर्न प्राधिकरणले आगामी ३० वर्षको माग व्यवस्थापन हुने गरी प्रसारण तथा वितरण पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गर्दै लैजाने योजना सार्वजनिक गरेको छ ।