२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले पदाधिकारीको टुंगो भोलि लगाउने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीवार टुंगो लगाउने भएको छ ।

बुधवार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको र बिहीवार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले आजको बैठकमा संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भएको बताउनु भयो ।

उहाँले केन्द्रिय कमिटीपछि स्थायी कमिटीले टुंगो लगाउनुपर्ने कुरा र केन्द्रिय कमिटीमा थप्नुपर्ने सदस्य, पोलिटब्यूरोमा थप्नुपर्ने सदस्य र पदाधिकारीका बारेमा छलफल शुरु भएको बताउनु भयो । प्रवक्ता महराले आजको बैठकबाट करिव करिव टुंगोमा पुगेको र बिहीवारको स्थायी कमिटीको बैठकले पार्टीमा सबै पदाधिकारीको टुंगो लगाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संगठनसम्बन्धी एजेण्डामा केन्द्रित भयौँ । संगठनमा खास गरेर केन्द्रिय कमिटीपछि हामीले टुंग्याउनुपर्ने केही विषयहरु थिए । केन्द्रिय कमिटीमा थप्नुपर्ने केही साथीहरु र पोलिटब्यूरोमा थप्नुपर्ने केही साथीहरु र स्थायी कमिटीमा थप्नुपर्ने केही साथीहरु र पदाधिकारी टुंग्याउने विषय तपाईहरुको जिज्ञासाको विषय होला ।

यी सबै विषयमा हाम्रो विस्तृत छलफल भयो । करिव करिव हामी टुंगोमा पुगेका छौँ । भोलि बिहान ८ बजे सबै टुंगो लाग्छ । आज छलफलमा मात्रै केन्द्रित भयौँ । पदाधिकारी पनि भोलि टुंगो लाग्छ । आज छलफल शुरु भयो ।’ प्रवक्ता महराले पार्टीको स्थायी कमिटीको बैठक बिहीवार ८ बस्ने बताउनु भयो ।




भर्खरै