२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले भ्रष्टाचारलाई छोप्ने, लेवल लगाउने काम पो गरे : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।  

माओवादी केन्द्र निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) को राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीलाई लक्षित गर्दै निरकुंशता र प्रतिगमनकारी शक्तिलाई परास्त गरेरै मुलुक नयाँ मोडबाट अघि बढेको बताए । तर अझै पनि प्रतिक्रियावादी शक्तिहरुले पाँच दलिय गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको उनको आरोप थियो ।

ओलीले संसद विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको दाहालको आरोप छ । ओलीले पार्टी एकताको नाममा ठगी धन्दा चलाएको आरोप समेत उनले लगाए । अध्यक्ष दाहालले पार्टी एक हुँदा विभिन्न वहानामा ओलीले ठगी धन्दा चलाएको आरोपसमेत लगाए ।

अध्यक्ष पालो–पालो, प्रधानमन्त्री पालो–पालो भन्नेमा पनि सही ओलीले गरेको बताउँदै अध्यक्ष दाहालले भने, ‘त्यो त ओलीले प्रधानमन्त्री पाउनका लागि ठगी धन्दा चलाएका रहेछन् । तमसुकमा दस्तखत गरेपछि त होला नि भन्ने लागेको थियो । तमसुक हेरेर बसिएको थियो, उनले प्रधानमन्त्री पड्काए । त्यो उनको ठगी धन्दा रहेछ ।’

प्रधानमन्त्री हुँदा ओलीले ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भनेर उल्टै भ्रष्टाचारलाई प्रसय दिने काम गरेको अध्यक्ष दाहालको आरोप थियो । अध्यक्ष दहालले भने, ‘ओलीले भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भनेर प्रचार गरे । भ्रष्टाचार गर्नेहरुलाई प्रसय दिने काम गरे । पछि थाहा भयो, ‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्नुको मतलव त भ्रष्टाचारलाई छोप्ने, लेवल लगाउने काम पो गरेका रहेछन् ।’
 
ओली प्रवृत्तिका कारण कम्युनिष्ट आन्दोलनमा ठूलो धक्का लागेको भन्दै दाहालले त्यसका विरुद्ध संघर्ष जारी नै रहेको बताए । राजधानी दैनिकमा खबर छ ।