१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामदेवलाई युवराजको कटाक्षः कुनै चिन्हमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन्



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वसामजिक विकासमन्त्री युवराज दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव लड्नेहरु प्रति कटाक्ष गर्नुभएको छ ।

सामाजिक संञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको र गोलाकारभित्रको हसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् भन्दै वामदेव गौतमलाई कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ ‘भन्दा देख्नेलाई लाज १ हामी कोही राजनीतिककर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी ! राष्ट्रिय सभा सदस्य राजिनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन । गोलाकारभित्रको हसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया !’

प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित वामदेव गौतम विज्ञको कोटा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएको थियो । उहाँको कार्यकाल अझै चार बर्ष बाँकि नै छ । गौतम राष्ट्रियसभा सदस्यबाट राजिनमा दिएर प्यूठानबाट प्रतिनिधिसभाको निर्वाचन लड्ने भन्दै माओवादी केन्द्रमा पुग्नु भएको छ । उहाँलाई माओवादी केन्द्रले गोलाकारभित्रको हसिया हथौडाबाट निर्वाचन लड्न अनुमति दिइसकेको छ ।