२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयमा विद्युतीय चुलोको प्रयोग सुरु



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयमा विद्युतीय चुलोको प्रयोग सुरु गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं २५३ मा सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

सोही व्यवस्थाबमोजिम अर्थ मन्त्रालयका सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहमा २०७९ साउन ३० गतेदेखि पूर्णरुपमा ग्यास चुलो विस्थापन गरी २०७९ भदौ १ गतेदेखि विद्युतीय चुलो उपयोगमा ल्याइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ढुण्डीप्रसाद निरौलाले आज जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।