१० श्रावण २०८३, आईतवार
,
Latest
झिलीमिली बन्दै जनकपुरधाम लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले भोलि सामूहिक राजीनामा दिने नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ मन्त्रालयमा विद्युतीय चुलोको प्रयोग सुरु



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयमा विद्युतीय चुलोको प्रयोग सुरु गरिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यको बुँदा नं २५३ मा सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

सोही व्यवस्थाबमोजिम अर्थ मन्त्रालयका सचिवालयहरु, महाशाखाहरु तथा चमेना गृहमा २०७९ साउन ३० गतेदेखि पूर्णरुपमा ग्यास चुलो विस्थापन गरी २०७९ भदौ १ गतेदेखि विद्युतीय चुलो उपयोगमा ल्याइएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ढुण्डीप्रसाद निरौलाले आज जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।