२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आविष्कार केन्द्रमा हर्क साम्पाङ, धरानमा पनि आविष्कार केन्द्र खोल्ने चाहना



अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ अहिले काठमाडौँमा छन् । उनी आइतबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

काठमाडौँ आएका उनले महावीर पुनले नेतृत्व गरेको कीर्तिपुरस्थित आविष्कार केन्द्र पुगेर अवलोकन गरेका छन् । उनले धरानमा पनि आष्किार केन्द्र खोल्ने चाहना राखेका छन् ।

आफ्नो पालिकाको विकाससम्बन्धी योजनाहरु लिएर काठमाडौँ आएका साम्पाङले यहाँ संघीय सरकारका मन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटिरहेका छन् ।

यद्यपि धरानभन्दा काठमाडौँको दुर्दशा देखेर उनले सामाजिक सञ्जालमा काठमाडौँमा श्रमदान गर्न मन लागेको बताएका थिए । उनले लेखेका थिए, “काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।”