• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

अर्थमन्त्री शर्माले डा पोखरेललाई बनाए आफ्नो विज्ञ सल्लाहकार



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उपनिर्देशक डा शालिकराम पोखरेललाई आफ्नो विज्ञ सल्लाहकारमा नियुक्त गर्नुभएको छ । डा पोखरेललाई अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारका रुपमा काजमा मन्त्रालय तानिएको छ ।

पोखरेलले तलबभत्ता नेपाल राष्ट्र बैंकबाटै पाउने छन् । उनी बुधबारदेखि नै बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारका रुपमा मन्त्रालयमा हाजिर भएका छन् ।