२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित



अ+ अ-

काठमाडौं । चर्चित हाँस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित भएका छन् । 

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा उनी सम्मानित भएका हुन् । 

विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, विभिन्न संघ संंस्थामा आबद्ध एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित छन्देलाई झाले सम्मानित गरेका हुन् । 

भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी,ललितपुरमा भएको कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानित गरिएको थियो ।

कार्यक्रममा आयोजक रिवन इन्टरटेन्मेन्ट प्रा लि का निशु कान्त झा, विशेष अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द रहेका थिए । उक्त कार्यक्रम भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी, ललितपुरमा भएको थियो ।