२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

बाढीपहिराको क्षतिको प्रतिवेदन बुझाइयो

बाढीपहिराको क्षतिको प्रतिवेदन बुझाइयो
अ अ+ अ-

मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीमा ठूलो मात्रामा क्षति पुर्याएको छ । बाढीपहिराले पुर्याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । 

सङ्कलित क्षतिको विवरण सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको हो । बाढीपहिराले क्षति पुर्याएको साढे दुई महिना पुग्न लाग्दा प्रतिवेदन तयार भएको छ । डिभिजनले बाढीपहिराको कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणको वास्तविक लागत अनुमान तयार गर्नाका साथै सिँचाइको सम्भावनासहित तयार गरेको प्रतिवेदन बुझाएको छ ।

 सिँचाइ डिभिजनले तयार पारेको प्रतिवेदन ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशलाई बुझाएको डिभिजन प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो । “एक दिनको बाढीपहिराले धेरै क्षति पुर्यायो, तर विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो ।”

गत असार १ गतेपछि पनि वर्षा हुन कम नहुँदा बाढी आउने क्रम जारी रह्यो । मनसुन वर्षा रोकिएपछि मस्र्याङ्दी नदीमा बाढी आइरहँदा तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । सिँचाइ तथा खानेपानीका मुहान तथा भौतिक संरचनाको नदी कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन सम्भाव्यता समाधानका लागि सम्बोधन गराउने प्रयत्नमा रहेको उहाँले बताउनुभयो । 

बाढीपहिराबाट बढी प्रभावित क्षेत्र नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप, दानाक्यू, चामे गाउँपालिकाको तिमाङ, थान्चोक, कोतो, चामे बजार र ङिस्याङ गाउँपालिकाको भ्राताङ, पिसाङसम्मका बस्ती, विद्यालय, सार्वजनिकस्थल, पूर्वाधारका संरचनालगायतका खानेपानी, सिंचाइको क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन तथा दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको छ । 

ऊर्जातर्फ बाढीपहिराले नासों गाउँपालिकाअन्तर्गत डोना खोला लघुजलविद्युत् आयोजना धारापानी, ग्वा खोला लघुजलविद्युत् आयोजना तिल्चे, सदरमुकाम चामे गाउँपालिकाको स्यार्कु खोला लघुजलविद्युत आयोजना, चामे लघुजलविद्युत् आयोजना र ङिस्याङ गाउँपालिकाअन्तर्गत सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

 नासों र चामेको लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुगेको छ भने ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक, फोर वे पूर्णरुपमा क्षति भएको छ । भरखर मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण मनाङको जनताका लागि आधारभूत ऊर्जाको स्रोत नै लघुजलविद्युत् रहेको हुँदा मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञको टोली तुरुन्त उक्त क्षेत्रमा परिचालित गरी लागत र सम्भाव्यता अध्ययन गरिएको तथा सोही बमोजिम सुचारु गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ । 

खानेपानीतर्फ नासों गाउँपालिकाअन्तर्गतको थोंचे खानेपानी आयोजना, घेलान्चोक ओडार खानेपानी आयोजना, धारापानी खानेपानी आयोजना र नाचे खानेपानी आयोजना, चामे गाउँपालिकाअन्तर्गत थान्चोक खानेपानी आयोजना, वृहत चामे खानेपानी आयोजनामा क्षति पुगेर मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदनमा जनाइएको छ । ङिस्याङ गाउँपालिकाअन्तर्गत पिसाङ खानेपानी आयोजना, घ्यारु खानेपानी आयोजना, खाङ्सार खानेपानी आयोजना र ढिकुरपोखरी खानेपानी आयोजना पूर्ण क्षति भएको छ । 

त्यस्तै सिँचाइतर्फ खाङ्सार सिँचाइ योजना, ताचै सिँचाइ योजना, क्युपार सिँचाइ योजना, भ्राताङ सिँचाइ योजना, सब्जे र क्युबेँशी सिँचाइ योजनामा बाढीले क्षति पुगेको जनाएको छ । यी योजनाको मर्मत तथा सम्भार  पुनःनिर्माणका लागि मन्त्रालयलाई जानकारी गराइ आग्रह गरिएको छ ।