४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

नेप्से परिसूचकमा ओरालो यात्रा कायमै
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलब ३९ मा सीमित भएको छ ।

कूल दुई सय २१ कम्पनीको ६४ लाख छ हजार सात सय ३८ कित्ता शेयर रु दुई अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

बैंकिङ तीन दशमलब ४२, व्यापार ३८ दशमलब शून्य एक, होटल तथा पर्यटन २४ दशमलब ३३, जलविद्युत् ७९ दशमलब दुई, वित्त ४७ दशमलब ८६, निर्जीवन बीमा एक सय ४२ दशमलब शून्य एक, उत्पादन ९८ दशमलब ११, अन्य १० दशमलब ७६, लघुवित्त ५९ दशमलब ७१, जीवन बीमा ८६ दशमलब ५९, सामूहिक लगानी कोष शून्य दशमलब १३ र लगानी एक दशमलब शून्य एक अङ्कले ओरालो लागे ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १४ अर्ब ६८ करोड पाँच लाख ४३ हजार पाँच सय ३६ बराबर रहेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४० करोड ८२ लाख ४७ हजार आठ सय ८८ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु आठ करोड ६८ लाख ५२ हजार छ सय ९२, हिमालयन डिस्टिलरी रु पाँच करोड ८७ लाख ७९ हजार एक सय २९, महालक्ष्मी विकास बैंक रु पाँच करोड ८७ लाख २४ हजार नौ सय तीन, नेपाल दूरसञ्चार कम्पनी रु पाँच करोड ६१ लाख ७१ हजार पाँच सय ५० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार अप्पर हेवा खोला हाइड्रोपावर नौ दशमलब ९९, स्वाभिमान लघुवित्त चार दशमलब शून्य दुई, कुमारी इक्विटी फण्ड दुई दशमलब ८१, सिद्धार्थ इक्विटी फण्ड दुई दशमलब १०, एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले एक दशमलब ९१ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, युनिलिभर नेपाल पाँच दशमलब ६२, दोर्दी खोला जलविद्युत् कम्पनी पाँच दशमलब ५१, पञ्चकन्या माई हाइड्रोपावर पाँच दशमलब ४७, जोशी हाइड्रोपावर पाँच दशमलब ४६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले पाँच दशमलब ३२ प्रतिशतले गुमाएका छन् ।