२२ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले सडक अवरुद्ध



अ+ अ-

रामपुर । अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले सिद्धार्थ राजमार्ग तथा जिल्लाका विभिन्न ग्रामीण सडक बन्द छन् । 
       
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने पाल्पा–बुटवल सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा खण्डको तिनाउ गाउँपालिका–३ सिद्धबाबा, सिसुवा, तिनाउ–५ हिउँदेखोला, केराबारी, जरेपीपल क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
       
यस्तै तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, सेरा र रम्भा गाउँपालिका–३ सीतापहाडमा पहिरो खसेको छ । त्यस्तै तानसेन–रिडी सडक खण्डअन्तर्गत तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सडक अवरुद्ध भएको छ । लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या परेको छ । अवरुद्ध बनेका सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (रासस)