२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण

काबुलः विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी

काबुलः विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी दिएका छन्।

बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई ुखतराु रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ।

गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।

हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट-केले लिएको थियो।

काबुल विमानस्थलमा भएको हमलाको जबाफमा अमेरिकाले शुक्रवार अबेर पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो।

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार बताइएको छ।

बाइडनले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'काबुल हमलाकारीमाथि त्यो हाम्रो अन्तिम प्रतिआक्रमण होइन उनीहरूलाई छोडिनेछैन।'

आईएस-के अफगानिस्तानको सबभन्दा हिंस्रक चरमपन्थी सङ्गठन रहेको र उसको तालिबानसँग स्पष्ट मतभेद रहेको बताइन्छ।

आईएस-के ले तालिबानलाई अमेरिकीहरूसँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको आरोप लगाएको छ।

अब तालिबानको हातमा अफगानिस्तानको सत्ता पुगेको छ। तालिबानले अमेरिकी हवाई आक्रमणको निन्दा गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमला गर्नु अघि अमेरिकाले आफूहरूसँग परामर्श गर्नुपर्ने तर नगरेको तालिबानका एक प्रवक्तालाई उद्धृत गर्दै भनेको छ।

अमेरिकी सैनिकहरू पनि काबुल विमानस्थलबाट बाहिरिइरहेका छन्। गत हप्ता त्यहाँ ५८०० अमेरिकी सैनिक थिए भने अहिले त्यहाँ ४००० भन्दा कम अमेरिकी सैनिक रहेको बताइएको छ।

ह्वाइट हाउसले आगामी केही दिन खतरनाक हुने बताएका छन्।

तालिबानले अफगानहरूलाई जानबाट रोक्न विमानस्थलको चारैतिर चेकपोइन्टहरू थपेका छन्।

गत दुई हप्तामा एक लाख दस हजार अफगान र विदेशी नागरिकहरू काबुलबाट बाहिरिएका छन्।

शनिवारसम्ममा इटलीले ५००० अफगान नागरिकहरूलाई काबुलबाट आफ्नो देश लगेको जनाएको छ। यो युरोपेली देशमा लगिएको सबैभन्दा धेरै सङ्ख्या हो।

फ्रान्सले १७ अगस्ट यता ४००० अफगानलाई आफ्नो देश ल्याएको छ।

यूकेको सशस्त्र समूहका प्रमुख जनरल सर निक कार्टरले सबैलाई उद्धार गर्न नसक्दा दुख लागेको बताएका छन्।

अब हवाई मार्ग हुँदै देशबाट बाहिरिन सक्ने अवस्था कमजोर हुँदै गएपछि कैयौँ अफगानहरू पाकिस्तानसँगको पूर्वी सिमाना हुँदै बाहिरिने प्रयत्न गरिरहेको बताइएको छ । बीबीसीबाट साभार