९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

निहारिकालाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्छ: कानूनमन्त्री

निहारिकालाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्छ: कानूनमन्त्री
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले भरमग्दुर प्रयास गर्ने बताउनुभएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानूनमन्त्री कोइरालाले अनशन स्थगित गर्न आग्रह गर्नुभयो । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बस्नुभएको छ ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

कानूनमन्त्री कोइरालाले जिल्ला अदालतको फैसला चित्त नबुझे उच्च अदालतसम्म जाने बाटो खुला भएको र उच्च अदालतले दुवै पक्षलाई बोलाएको अवस्थामा अनशन बस्नुको औचित्य नभएकाले अनशन स्थगित गर्न सरकारको पक्षबाट निहारिकालाई आग्रह गरिएको जानकारी दिनुभयो । निहारिकाको मागबारे सरकार गम्भीर रहेको उहाँको भनाइ थियो ।

भेटमा निहारिकाले सोचेर आफ्नो राय व्यक्त गर्ने बताउनुभएको छ । भेटमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्ले, जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीलगायतको सहभागिता थियो । रासस