२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजलाई प्राथमिकता दिनुपर्छ’



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको हो । उहाँले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पु¥याउन जरुरी रहेका बताउनु भयो । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार ७५३ वटै स्थानीय तहहरुमा पु¥याउन जरुरी छ । अर्को स्वास्थ्यमा टेक्नीकल जनशक्ति एमबीबीएस डाक्टर नभएपनि मानिसको मुटुको धड्कन छुट्याउनसक्ने स्वास्थ्य जनशक्ति आवश्यकता छ । स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिता दिनुपर्यो । स्वास्थ्य बीमामा केही कमजोरीहरु र सुधार गर्नुपर्ने विषयहरु छन् । स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताउनु भयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्ने दाबी गर्नुभयो ।




भर्खरै