९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर
अ अ+ अ-

काठमाडौँ । साउने सोमबार बिहानै वेद ध्वनिले आनन्दानुभूति हुने वाग्मती किनारस्थित पशुपति क्षेत्रमा सडकमाथिबाट बगेको ढलको दुर्गन्धले भक्तजनलाई आक्रोशित बनाएको छ ।

पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ । ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन् । प्रहरी वृत्त गौशालाबाट ओरालो झरेर वनकाली उद्यान हुँदै पशुपतिनाथ मूल मन्दिर छिर्ने भक्तजनलाई साउनको अन्तिम सोमबार आज दुर्गन्धले नाक थुन्न बाध्य हुनुपर्यो ।

राजधानीमा एक महिनाअघिदेखि नै फोहरसमेत उठ्न नसकेका बेला पशुपति क्षेत्र ढलले दुर्गन्धित बनेपछि हैजालगायत रोग फैलन सक्ने चिन्ता व्यक्त गर्नुहुन्छ चाहिलबाट दर्शनका लागि आउनुभएकी दर्शनार्थी अनुषा लामा । ढलको दुर्गन्धले कति भक्तजन त यो बाटोबाट फर्केर वैकल्पिक मार्ग प्रयोग गर्दै मन्दिर प्रवेश गरिरहेका छन्। लामासँगै उहाँका दुई साथी सविना श्रेष्ठ र सपना तामाङ भने नाक थुनेर सडक पार गर्दै गरेको अवस्थामा भेटिनुभयो । साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा धेरै भीड हुने भएकाले घुमेर जाँदा दर्शन गरेर घर फर्कन ढिला हुने उहाँहरुको भनाइ छ ।

यस सम्बन्धमा प्रतिक्र्रिया लिनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रवेश गर्दा कोषका पदाधिकारी र माथिल्लो तहका कर्मचारी कोही भेटिएनन् । कोष सञ्चालक परिषद् सदस्य अजुर्नप्रसाद बाँस्तोला आफैँ अध्यक्ष रहेको एउटा संस्थाको कार्यक्रममा भाग लिन जानुभएको र अन्य कर्मचारी पनि सोही कार्यक्रममा सहभागी भएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुहुन्छ । वनकाली उद्यानअघिको ढलको समस्या क्रोनिक भएको उहाँको भनाइ छ ।

साउनको अन्तिम सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड हुँदा पनि पशुपति क्षेत्रको व्यवस्थापनका लागि काम गर्ने कोषका कर्मचारी अर्कै कार्यक्रममा सहभागी हुँदा निःशुल्क भनिएको जुत्ता चप्पल कक्षमा समेत पैसा उठाइरहेको देखिन्थ्यो । विगतका सोमबार कोषका कर्मचारीले अनुगमन र रेखदेख गर्ने गरेकामा आज भने अर्कै कार्यक्रममा व्यस्त हुँदा भक्तजनलाई असहज भएको रामचन्द्र गुरुङ बताउनुहुन्छ ।

साउनको सोमबार पशुपति क्षेत्रमा हरितालिका तीज, बाला चतुर्दशी र महाशिवरात्रिमा जत्तिकै भक्तजन आउने दिन हो । अन्तिम सोमबार अन्य सोमबारभन्दा बढी भक्तजन पशुपतिनाथको दर्शनका लागि आउँछन् । भक्तजनका लागि राम्रो व्यवस्थापन नगर्दा दर्शनमा समस्या भएको भक्तजनले गुनासो गरेका छन् । साउनका यसअघिका चारैवटा सोमबार पशुपतिनाथ मन्दिर आएर दर्शन गरिसक्नुभएकी सुविज्ञा रानामगर पाँचौँ सोमबार कोषले राम्रो व्यवस्थापन नगरेको र कोषका कर्मचारी र स्वयंसेवकले पनि विगतका सोमबार जति पशुपति क्षेत्रमा आज नदेखिएको गुनासो गर्नुहुन्छ ।

कोषका सदस्यसचिव डा मिलनकुमार थापाले साउनको सोमबार परेकाले कोष सञ्चालक परिषद् सदस्यले नेतृत्व गर्नुभएको संस्थाको कार्यक्रममा सबैलाई नजान निर्देशन दिएको जानकारी दिनुहुन्छ । वनकाली उद्यानअघिको ढलको समस्या समाधानका लागि भोलिदेखि नै काम गर्ने उहाँको प्रतिबद्धता छ । रासस