९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक छलफल सुरु

‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक छलफल सुरु
अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ ।

कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभयो ।

नेपालको संविधानको धारा ५६ उपधारा (२) को कार्यान्वयनको अवस्था, राष्ट्रियसभा नियमावली, २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकारलगायत विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ । सोहीअनुसार दुई दिनसम्म कर्णाली वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना हुनेछ ।

अन्तरक्रियामा कर्णाली सरकारका मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकार तथा सञ्चारकर्मीको सहभागिता छ ।