• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय ★   यी ४ रोग छन् भने केरा नखानुहोस् ★   बिहान खाली पेटमा यी फलफुल खानुहोस् ★   तौल घटाउन बिहान खाली पेटमा कागती पानी पिउनुहुन्छ भने सावधान ! ★   आईपीएलमा बैंगलोरको लगातार पाँचौं जित, प्लेअफको सम्भावना कायमै ★   म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो

‘सङ्घीय शासन प्रणाली सवलीकरण’ विषयक छलफल सुरु



कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सङ्घीय शासन प्रणाली सवलीकरणका विषयमा छलफल सुरु भएको छ ।

कणाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको व्यवस्थापन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरण तथा राष्ट्रियसभा, सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुसन्धान संसदीय विशेष समितिको आयोजनामा आजबाट छलफल सुरु भएको छ । अन्तरक्रियात्मक छलफल कार्यक्रमको उद्घाटन राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभयो ।

नेपालको संविधानको धारा ५६ उपधारा (२) को कार्यान्वयनको अवस्था, राष्ट्रियसभा नियमावली, २०५७ को उपनियम ७८ बमोजिम गठित समितिका काम कर्तव्य अधिकारलगायत विषयमा छलफलका लागि समितिले देशभरका प्रदेश राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको जनाइएको छ । सोहीअनुसार दुई दिनसम्म कर्णाली वीरेन्द्रनगरमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना हुनेछ ।

अन्तरक्रियामा कर्णाली सरकारका मुख्यमन्त्री, सभामुख, मन्त्री, उपसभामुख, प्रदेश नीति तथा योजना आयोगका पदाधिकारी, विपक्षी दलका नेता, समितिका सभापति, दलका नेता, प्रदेश लोकसेवा आयोगका पदाधिकारी, मुख्यन्यायाधिवक्ता, स्थानीय तहका प्रमुख, उपप्रमुख, राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकार तथा सञ्चारकर्मीको सहभागिता छ ।