४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

नेप्से परिसूचक २७.९२ अंकले गिरावट
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ ।

आईतवार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ ।

आईतवार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य दिनको भन्दा आईतवार कारोबार रकम समेत गिरावट आएको हो ।

नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि आईतवार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ । त्यस्तै,कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयरमूल्य २.०१ प्रतिशतले बढेको छ ।

तर, यता गुराँस लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ । आईतवार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।