९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत पठाइदिन्छु भनेर १५ लाख ठगी गर्ने व्यक्ति सिनामंगलबाट पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिजनल भिसामा बेलायत पठाइदिन्छु भन्दै ३/३ लाख रुपैयाँका दरले रकम लिएर फरार रहेका इलाम नगरपालिका–१ का प्रकाश राईलाई अपराध अनुसन्धान कार्यालयले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो ।

राईले बेलायत जान एक जनाको ९ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ४ लाख रुपैयाँ तलबमा काम गर्न पाइने भन्दै रकम असुलेर फरार भएको अनुसन्धान कार्यालयले जनाएको छ ।