१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषीलाई उन्मुक्ति नदिने गरी विधेयक परिमार्जन गर्नुपर्नेमा जोड



अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानवीय कानूनविपरीत गरिएका कार्यलाई तथा सम्बन्धित दोषीलाई उन्मुक्ति नदिने गरी परिमार्जन गर्नुपर्नेमा विभिन्न राजनीतिक दलका प्रतिनिधिले सुझाव दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा द्वन्द्वका समयमा अन्तर्राष्ट्रिय कानूनविपरीत हत्या, यौन हिंसालगायत अपराधमा संलग्न पक्षलाई कडाइका साथ दण्डित गर्ने गरी विधेयक परिमार्जन गर्न सहभागी वक्ताहरुले जोड दिनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले सशस्त्र द्वन्द्वमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको गम्भीर उल्लङ्घन भएका विषयलाई उन्मुक्ति दिन नहुने बताउँदै अन्यायमा परेका पीडित पक्षलाई न्याय उपलब्ध गराउने गरी विधेयक संशोधन गर्न सुझाउनुभयो ।

प्रतिनिधिसभा सदस्यद्वय पार्वती विसङ्खे र अमृता थापाले अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानूनविपरीत युद्धअपराध गरिएका विषयमा दोषीलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो । नेकपा ९एकीकृत समाजवादी० की केन्द्रीय सदस्य चुनु केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य निनु भेटवालले ससंद्मा टेबल भइसकेको उक्त विधेयकमा पीडितपक्षलाई न्यायको अनुभूति हुने गरी परिमार्जन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ सञ्चारकर्मी निर्मला शर्माले द्वन्द्व प्रभावितलाई छलफल नगरी ल्याइएको विधेयकमा प्रदेशस्तरीय छलफल गरी सम्बन्धित पक्षको सुझाव लिनुपर्ने खाँचो औँल्याउनुभयो ।