९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

स्याउ/सुन्तला लाई भण्डारण गर्न म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण

स्याउ/सुन्तला लाई भण्डारण गर्न म्याग्दी र मुस्ताङमा चिस्यान गृह निर्माण
अ अ+ अ-

म्याग्दी । सुन्तला र स्याउलाई भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गर्ने उद्देश्यले म्याग्दी र मुस्ताङमा सात चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत पछिल्लो तीन वर्षमा मुस्ताङमा ६ र म्याग्दीमा एउटा चिस्यानगृह निर्माण गरिएको हो ।

स्याउ र सुन्तलाको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा चिस्यान गृह निर्माण गरिएको परियोजनाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा सुधीर थापाले बताउनुभयो । “निजी फार्म, किसान समूह र सहकारीलाई चिस्यान गृह बनाउन कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइएको छ,” उहाँले भन्नुभयो, “मुस्ताङमा निर्माण भएका चिस्यान गृहका कारण किसानले स्याउलाई भण्डारण गरेर बेमौसममा बढी मूल्यमा बेच्न पाएका छन् ।”

आर्थिक वर्ष २०७६÷७७ मा पाँच टन क्षमताको एउटा, आव २०७७/७८ मा ४२ टन क्षमताका तीन र आर्थिक वर्ष २०७८÷७९ मा ३० टन क्षमताका तीन चिस्यान गृह निर्माण गरिएका थिए । मुस्ताङको मार्फा, पाण्डाखोला, जोमसोम, चिम्ले, धवाङ र म्याग्दीको नारच्याङमा चिस्यान गृह निर्माण गरिएको परियोजनाले जनाएको छ ।

परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले चालु आर्थिक वर्ष २०७९/८० मा चार चिस्यान गृह बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन् । परियोजनाको पहलमा मुस्ताङमा असोज महिना लागेपछि मात्र स्याउ बजारमा पठाउने नियम बनाइएको छ । स्याउको गुणस्तर घटेको गुनासो न्यूनीकरण र मुस्ताङी स्याउको ब्राण्ड बचाउन स्थानीय तहसँग समन्वय गरेर पछिल्ला दुई वर्षयता पाकेपछि मात्र स्याउ बजार पठाउने गरिएको परियोजनाका प्रमुख थापाले बताउनुभयो ।

परियोजनाले मुस्ताङमा स्याउ, च्याङग्रा, म्याग्दीमा बङ्गुर, आलु, म्याग्दी, पर्वत र बागलुङमा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेको छ । कूल ३७९ फर्म, समूह र सहकारी लाभान्वित पाँच वटै जोन कार्यक्रममार्फत हालसम्म रु ११ करोड ८८ लाख बजेट खर्च भएको छ । ३५२ हेक्टर सुन्तला, ५४।३३ हेक्टर स्याउ खेती विस्तार, ६९ साना सिँचाइ आयोजना निर्माण, ११ सुन्तला, तीन स्याउको नर्सरी स्थापना, छ मासु पसल, १९ बङ्गुरको खोर, पाँच बङ्गुर खोरमा गोबर ग्यास पलान्ट, दुई पाठापाठी उत्पादन गर्ने खोर र ११ च्याङ्ग्राको गोठ सुधारमा सहयोग भएको परियोजनाले जनाएको छ ।

स्याउ जोनमार्फत चार ग्रेडिङ मेसिन, ६५ मिनिटेलर, ४१ पावर स्प्रे, ६० ग्रास कटर, ५१ डिजिटल तराजु, २३ ह्याड स्प्रे, ३७ फुट स्प्रे, ४७ सुकुटी बनाउने मेसिन, १६३ सानो सिकेचर, १० ठूलो सिकेचर, ७१ स्याउ पिकर, ४८ क्लिपर, ७३ करौती र दुई हजार १९० थान क्रेट वितरण गरिएको छ । सुन्तला जोनमार्फत ३३ फल टिप्ने झर्याङ, ८२ मिनिटेलर, ९६ पावर स्प्रे, छ ग्रास कटर र १२ डिजिटल तराजु, २६ ब्याट्री स्प्रे वितरण गरिएको परियोजनाले जनाएको छ ।