• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

दाजुभाइ मिलेर बहिनीको प्रेमिको हत्या, बोरामा प्याक गरेको अवस्थामा शव फेला



पर्सा । जिल्लाको वीरगञ्जमा दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या गरेका छन् । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा बाराको विश्रामपुर घर भएका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर–५ का २३ वर्षीय राजकुमार ठाकुर ट्युसन पढ्न साइकलमा जाँदै गर्दा हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनको शव शुक्रबार भेटिएको थियो । पटेल दाजुभाइको बयानको आधारमा ठाकुरको शव रक्सौलबाट मुज्जफपुर चल्ने ट्रेनको शौचालय छेउमा भेटिएको हो । ठाकुरको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

हत्याआरोपी दाजुभाइ वीरगञ्ज महानगरपालिका–१६ मा टेलर चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले आफ्नै टेलरभित्र लगेर ठाकुरको हत्या गरेको र मोटरसाइकलमा शव राखी रक्सौलमा रोकिराखेको ट्रेनको डिब्बामा छाडेका थिए ।

प्रेम गरेको रिसइबीमा ठाकुरको हत्या गरिएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा मृतकको शव पर्सा प्रहरीले शनिबार साँझ भागलपुरबाट वीरगन्ज ल्याएको छ । नारायण अस्पतालमा राखिएको शवको पोष्टमार्टमपछि आवश्यक कारबाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ ।