९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या

रसायनको प्रयोगले केरा उत्पादनमा समस्या
फाईल फोटो
अ अ+ अ-

रामपुर । रामपुर नगरपालिका– ६ प्याक्लुक बस्ने वृहस्पति अर्यालले तीनवर्ष अघि केरा खेती सुरु गर्नुभयो । पहिलो वर्ष र दोस्रो वर्षमा केराको उत्पादन राम्रै लिनुभयो तर तेस्रो वर्षमा भने केराको उत्पादन कम भएपछि उहाँ अहिले चिन्तित हुनुहुन्छ । करिब नौ रोपनीमा व्यवसाय गर्नुभएका अर्यालले हाल क्षेत्रफल घटाएर चार रोपनीमा मात्रै सीमित बनाउनुभएको छ ।

मेहनत र परिश्रम खर्चेर गरेको खेतीबाट पछिल्लो वर्ष त्यति राम्रो उत्पादन नभएपछि केरा लगाउँदै आएको जग्गामा अहिले अर्यालले धान खेती गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, “विषादी र रासायनिक मलको प्रयोगले सुरुका वर्षमा केराले असाध्यै राम्रो उत्पादन दियो, हामीले धेरै उत्पादन लिन रासायनिक मल र विषादी राख्यौँ, अहिले माटो सबै बिगारेको छ, बिना विषादी उत्पादन गर्न खोजेको राम्रो भएन, केरा लगाएको आधा जग्गामा यो वर्ष धान लगाउन बाध्य भएँ ।”

पहिलो वर्षमा करिब पाँच लाख, दोस्रो वर्षमा तीन लाख आम्दानी भएकामा यसवर्ष केराबाट रु ५० हजार पनि मुस्किलले आम्दानी हुने कृषक अर्यालको अनुमान छ । स्थानीय मालभोग केरा भएकाले बजार तथा गाउँमा माग बढ्दो छ । यहाँको बजारमा मालभोग प्रतिदर्जन रु ८० देखि १२०सम्म पर्छ । स्थानीय मालभोग केरा ग्राहक र बजारका व्यापारीले खोजीखोजी खरिद गर्छन् । बिक्रीका लागि झण्झट छैन तर रासायनिक मल र विषादीको प्रयोग बर्सेनि बढाउनुपर्ने अवस्था आएपछि विषादीरहित उत्पादन गर्न माटोको समस्या रहेको उहाँ बताउनुहुन्छ ।

“रासायनिक मल र विषादीले खेतबारीको माटो सबै विगारेको छ, हरेक वर्ष मल र विषादीको मात्रा थप्दै जानुपर्ने अवस्था छ, स्वास्थ्यलाई असर हुने भएपछि स्वस्थबाली उत्पादन गर्न खोजिए पनि विषादीबिना फल नै राम्रो लाग्दैन” कृषक अर्याल भन्नुहुन्छ । असार र साउन महिनामा करिब एक हप्ताको अन्तरालमा बोटमा विषादी छर्कनु पर्दछ । यसले माटोको उर्वराशक्ति नाश बनाएको र मानव स्वास्थ्यमा पनि नराम्रो असर पारेको व्यवसायीहरु बताउँछन् । रामपुर–६ सातबिसेपर्क बस्ने ५५ वर्षीय गिरीराज पाण्डेय पनि आजभन्दा तीनवर्ष अघि गाउँका छिमेकीले केरा लगाएको देखेर यस व्यवसायमा आकर्षित हुनुभएको हो । सुरुका वर्षमा लटरम्म फलेका केरा देख्दा उहाँ यस व्यवसायमा हौसिनुभयो । रासायनिक मल र विषादी प्रयोग गरेपछि सोँचेभन्दा बढी उत्पादन केराले दियो । पछिल्ला वर्षमा भने क्रमश: उत्पादन घट्दै जाँदा यसवर्ष मकैखेती लगाउनुभएको छ ।

दुई रोपनी जग्गामा एक लाखभन्दा बढी केराको आम्दानीले कृषक पाण्डेले व्यावसाय बढाउने सोँच बनाएपनि अहिले आएर भने बारीभरी भएका बोट नै मासेर मकै लगाउन बाध्य हुनुभएको छ । “धेरै रेखदेख गर्नुपर्ने, रासायनिक मल र विषादीको मात्रा तलमाथि भएमा उत्पादनमा समस्या हुनाका साथै बारीको माटोले नै उत्पादन दिन नसक्ने अवस्था आयो, विषादी छर्केको केरा खाँदा म आफै गतवर्ष बिरामी परेँ, अहिले बोट जति सबै मासेर मकै लगाउन थालेँ” उहाँ भन्नुहुन्छ । ज्येष्ठ नागरिक लोकनाथ खनालले उत्पादन गर्न झण्झट र विषादी धेरै प्रयोग गर्नुपर्ने भएपछि केरा खेती हटाउनुभएको छ ।

पुराना केरा व्यवसायीले उत्पादनको क्षेत्रफल घटाउँदै गएका छन् भने केहीले बोट नै मासेर विभिन्न बालीनाली लगाउन सुरु गरेका छन् । यहाँका केही युवाले भने केराबाट राम्रो कमाइ गर्ने सोँच बनाएर व्यवसाय सुरु गरेका छन् । विजय गैरेले गत वर्षदेखि दुई रोपनी जमिनमा केरा सुरु गर्नुभएकामा करिब छ रोपनीमा यसलाई विस्तार गर्ने सोच बनाउनुभएको छ । उत्पादन राम्रो भएमा धान, मकैको तुलनामा केराबाट दोब्बर बढी आम्दानी लिन सकिन्छ । धेरै उत्पादन लिन अन्धाधुन्ध तरिकाले रासायनिक मल र विषादीको प्रयोग बढाउँदै जाँदा खेतबारीको उर्वराशक्तिमा नै ठूलो ह«ास निम्तिएको छ । रामपुर बुल्टार बस्ने अस्मिता खनालले गतवर्षदेखि दुई रोपनी जमिनमा केरा व्यवसाय थालनी गर्नुभएको छ । पहिलो वर्षमा रु ६० हजार बराबरको कमाइ गर्नुभएकी उहाँले यस पटक भने रु एक लाख आम्दानी हुने अपेक्षा गर्नुभएको छ ।
जिनाइन जातको केरा व्यवसाय गर्नुभएकी खनाल कहिलेकाही बजारमा केरा नबिक्दा समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । उहाँको मकै लगाउने बारी अहिले केरा खेतीले हरियाली बनेको छ । उत्पादन बढाउने नाममा जथाभावी विषादीको प्रयोग हुनु अहिलेको कृषि क्षेत्रमा प्रमुख चुनौती रहेको छ । बाली संरक्षण गर्न भन्दै अत्यधिक मात्रामा विषादीको प्रयोगले मानव स्वास्थ्यलगायत अन्य भू तथा जलीय प्राणीमा नकारात्मक असर परेको छ । माटोको उर्वराशक्तिमा ह«ास हुँदै गएको छ ।खाद्य स्वच्छतामा जनचेतनाको कमी हुनु र रासायनिक विषादीको प्रयोग बढ्दै जानाले पनि नेपाली कृषि बजारमा रसायनको मात्रा हदभन्दा बढी भइरहेको देखिन्छ । विषादी प्रयोग नगरिएका तरकारी र खाद्यवस्तुमा कीरा लाग्ने र राम्रो नहुने हँुदा उपभोक्ताले किन्न रुचाउँदैनन् । त्यसकारण त्यस्ता उपभोग्य वस्तु बिक्री गर्न ब्यापारी पनि चाहँदैन ।

उपभोक्ताको रोजाइले पनि विषादी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । किसान आफैले नै रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन नै नहुने ठान्ने गरेकाले अन्धाधुन्ध विषादी प्रयोग गरिरहेको पाइन्छ ।
वातावरणमा लामो समयसम्म विषादीको अवशेष रहने हुँदा वातावरणीय प्रदूषण बढेको छ भने विषादीको प्रयोगले शत्रुजीवसँगै मित्रजीव पनि मर्ने हँुदा वातावरणीय सन्तुलन बिग्रिरहेको छ । वातावरणअनुकूल बाली संरक्षण प्रविधि र प्राङ्गारिक कृषि आजको आवश्यकता बनिरहेको छ ।
अन्य मुलुकको तुलनामा अहिले नेपालमा रासायनिक विषादीको प्रयोग कम भए पनि यसको प्रयोगको मात्रा हरेक वर्ष बढिरहेको छ । प्रयोग गर्न सस्तो, छिटो र सजिलो भएको हुनाले बाली संरक्षणमा किसानले रासायनिक पदार्थ नै छनोट गरेपनि प्रयोगले पर्ने असरबाट भने धेरै किसान अनभिज्ञ छन् । रोगनाशक, ढुसीनाशक, कीरानाशक, मुसानाशक र सुलसुलेनाशकजस्ता विभिन्न विषादी बाली संरक्षणको नाममा प्रयोग गरिन्छ । खतरनाक विषादी हाम्रो मानव शरीरमा प्रवेश गरेपछि यसले असर पारेरै छोड्छ । माटोमा भएका प्राङ्गारिक पदार्थ कुहाउने जीवको विनाश हुनाले माटोको उर्वराशक्तिमा ह«ास आएकाले रासायनिक मलको मात्रा पहिलेभन्दा दोब्बर–तेब्बर प्रयोग गर्नुपर्ने बाध्यताबाट किसान पीडित छन् । रासस