• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा

आसन्न निर्वाचनमा चारवटा मतपत्र हुने



काठमाडौँ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने राजनीतिक दलहरुको चुनाव चिह्नमात्र मतपत्रमा राखिने भएको छ ।

निर्वाचन आयोगले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चारवटा मतपत्र अलग अलग हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको पतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारको मात्र निर्वाचन चिह्न समावेश गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार सोहीबमोजिम आयोगले मतपत्र छपाइ गर्ने योजना बनाएको छ ।