१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार



अ+ अ-

काठमाडौं । प्रहरीले थापाथलीस्थित बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार गरेको छ ।

शनिबार अपरान्ह ४ः१६ बजेतिर थापाथलीस्थित काठमाडौँ र ललितपुर जिल्ला जोड्ने बागमती नदीको पुलबाट एकजना महिला हाम फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त सिंहदरबारबाट खटिएको टोलीले महिलाको उद्दार गरेको हो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले महिलालाई ट्रमा सेन्टर पुर्‍याई उपचार गराइएको प्रहरीले जनाएको छ ।

उद्धारपश्‍चात महिलासँग सोधपुछ गर्दा उनले आफू  २० वर्षीया अञ्‍जली यादव रहेको र हाल ललितपुर कुपण्डोलमा बस्ने गरेको बताएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।