८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

नागरिकता विधेयक: राष्ट्रपतिबाट प्रमाणीकरणको अन्तिम दिन के होला ?

नागरिकता विधेयक: राष्ट्रपतिबाट प्रमाणीकरणको अन्तिम दिन के होला ?
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक व्यवस्था अनुसार नागरिकता विधेयक पुनर्विचार गर्न सुझाब सहित संसदमा फिर्ता पठाउने तयारी गर्नु भएको छ ।

संघीय संसदबाट नागरिकता विधेयक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको १४ दिन पुगिसकेको छ । राष्ट्रपतिले १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने वा फिर्ता पठाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा विधेयक आए लगत्तै राष्ट्रपतिले परामर्श गर्नु भएको थियो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सधैं विवादित बनिरहने नागरिकताका विषयमा गम्भीर छलफल गरेर मात्रै अगाडि बढ्ने पक्षमा राष्ट्रपति हुनुहुन्छ । त्यसका लागि पुनर्विचार गर्न संसदमा फिर्ता पठाउने सम्भावना छ ।

राष्ट्रपति भण्डारीले शनिबार नागरिकता विधेयकका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नु भएको थियो । स्रोतका अनुसार नागरिकता विधेयक, निहारिका राजपुत र समसामयिक विषयमा उहाँहरुबीच छलफल भएको थियो ।

शनिबार नै राष्ट्रपतिले यस विषयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि छलफल गर्नु भएको थियो । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले ‘अंगीकृत नागरिकताका बारेमा अन्य देशको प्रावधान र विधेयककमा राखिएको प्रावधानका बारेमा बढी चासो राख्नु भएको छ । यसैगरी ‘नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा निजको बाबुको पहिचान हुन नसकेको व्यहोराको निज र निजको आमाले गरेको तोकिएबमोजिमको स्वघोषणा गर्नुपर्ने’ व्यवस्थाका बारेमा पनि उहाँले चासो व्यक्ति गर्नुभएको छ ।

विभिन्न व्यक्तिहरुसँग भएको परामर्शका क्रममा पनि यी दुई विषयमा उहाँले राय लिनु भएको छ ।

नेपालको संविधान २०७२ को धारा ११३ मा विधेयक प्रमाणीकरण सम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ ‘विधेयक प्रमाणीकरणः (२) प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुबै सदनलाई दिनु पर्नेछ । (३) प्रमाणीकरणका लागि पेश भएको अर्थ विधेयक बाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेश भएको १५ दिनभित्र निजले सन्देश सहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउने छ । (४) राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुबै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रुपमा वा संशोधन वा पारित गरी पुनः पेश गरेमा त्यसरी पेश गरेको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।

नागरिकता विधेयक संसदले पारित गरेसँगै त्यसको पक्ष र विपक्षमा आवाज उठिरहेको छ । तराई मधेशमा विधेयकको स्वागत गरिएको छ भने कतिपयले यो संवेदनशील विषय भएकाले थप विचार विमर्श गर्नुपर्ने माग गरिएको छ । कतिपयले राष्ट्रपतिले यो विधेयक तत्काल फिर्ता गर्न माग गरिरहेका छन् ।