९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

नेरेसो काठमाडौँ सभापतिमा डोटेल

नेरेसो काठमाडौँ सभापतिमा डोटेल
अ अ+ अ-

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाको सभापति पदमा श्यामकाजी डोटेल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न शाखाको ४२औँ अधिवेशनमा उहाँले ६९ मत प्राप्त गरी सो पदमा निर्वाचित हुनुभएको हो । यस अगाडि उहाँ शाखाको मन्त्री हुनुहुन्थ्यो ।

नवनिर्वाचित सभापति डोटेलको निकटतम् प्रतिस्पर्धी लबराज श्रेष्ठले ३४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी एवं नेरेसो भक्तपुरका शाखाको मन्त्री पर्शुराम पाण्डेले जानकारी दिनुभयो । यसैगरी शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा सुनिलकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा नवराज भण्डारी निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यमा पुष्कर चालिसे, श्यामलाल तण्डुकार, अमृतनारायण मानन्धर, विदुर भट्टराई, राजेन्द्र बाँनिया, लक्ष्मीप्रसाद कुइँकेल, राजेन्द्रप्रसाद श्रेष्ठ, प्रतिक्षा खरेल, मञ्जु पाण्डे र सब्बरानी महर्जन चयन हुनुभएको छ ।

निर्वाचनमा जिल्ला शाखाअन्तर्गतका १८ उपशाखामध्ये १७ ले नवनिर्वाचित कार्यसमितिमा प्रतिनिधित्व गरेका छन् । “हामी रेडक्रसको आदर्श, सिद्धान्त र मूल्य–मान्यताअनुसार सामूहिक नेतृत्वमा नेरेसो काठमाडौँलाई लैजान चाहन्छौँ । नवनिर्वाचित कार्यसमितिमा जिल्लाका अधिकांश उपशाखाको प्रतिनिधित्व भएको छ”, नवनिर्वाचित शाखा सभापति डोटेलले भन्नुभयो ।

उहाँले काठमाडौँ जिल्ला शाखाको निर्वाचन नेरेसोको कन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उदाहरण बन्न सक्ने बताउनुभयो । शाखाले पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई सहजीकरण गरिरहेको छ । साथै सहरी विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य, रक्तसञ्चार सेवा, प्राथमिक उपचार सेवालगायत मानवीय सेवाका कार्यक्रम शाखाले सञ्चालन गरिरहेको छ ।