८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत
अ अ+ अ-

फिनल्याण्ड । जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई) बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।

पछिल्लो समय मौसमजन्य प्रकोपको जोखिम बढ्दै गएकाले आगामी दिनमा मौसम पूर्वानुमानलाई थप वैज्ञानिक एवं तथ्यपरक बनाउनका लागि हुँदै आएको सहकार्यलाई विस्तार गर्दै लैजाने दुवै संस्थाका प्रमुखले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फिनल्याण्डको राजधानी हेल्सिन्सीमा भएको एक कार्यक्रममा डिएचएमका महानिर्देशक कमलराम जोशी र एफएमआईका महानिर्देशक जुस्सी काउरोला मौसम पूर्वानुमानमा काम गर्दै आएको डिएचएमको क्षमता अभिवृद्धि गर्दैै मौसम पूर्वानुमान र हवाई उडड्यानका क्षेत्रमा एफएमआईले गर्दै आएको सहयोगलाई विस्तार गर्न सहमत भएका छन् । सन् २०१० देखि दुवै नियकाले यस क्षेत्रमा आवश्यक सहकार्य गर्दै आएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा भएको कार्यक्रममा महानिर्देशक जोशीले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालमा जल तथा मौसमजन्य विपद्का कारण हुने प्राकृतिक जोखिमको खतरा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक तथा आर्थिकरूपमा सानो मुलुक हो, हामीले जलवायु परिवर्तन निम्त्याउने कुनै काम गरेका छैनौँ, तर औद्योगिक मुलुकको गतिविधिबाट हामीले मार खेप्नुपरेको छ ।”

महानिर्देशक जोशीले मौसमजन्य जोखिमको सामना गर्न सक्षम मुलुक फिनल्याण्ड सरकारले नेपाललाई गर्दै आएको सहयोग क्षेत्रीयस्तरमा विस्तार गरी नेपालको प्राविधिक क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण र अनुसन्धानलाई थप प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

जवाफमा एफएमआईका महानिर्देशक काउरोलाले दुबै नीकायबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र एक–अर्काका अनुभवलाई आदान–प्रदान गरेर मौसमजन्य जोखिम न्यूनीकरण गर्न सहकार्य गर्ने विश्वास दिलाउनुभयो । उहाँले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले एक–अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एफएमआईले मौसम पूर्वानुमानको क्षेत्रमा गर्दै आएको गतिविधि एवं मौसमजन्य असरका विषयमा नेपाल र भियतनामबाट आएको उच्चस्तरीय अध्ययन टोलीलाई विस्तृत जानकारी गराएको थियो । मौसमजन्य सूचना प्रणाली, वित्तीय व्यवस्थापन एवं सम्बन्धित संस्थाहरूसँगको सहकार्यका विषयमा एफएमआईका उच्च अधिकारी तथा वैज्ञानिकबीच अनुभव आदान–प्रदान गरिएको थियो ।

अध्ययनकै क्रममा शुक्रबार नेपाली टोलीले विश्वमा मौसम पूर्वानुमानका क्षेत्रमा आवश्यक पर्ने सामग्री उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी भइसालाको अवलोकन गर्नुका साथै नेपाललाई आवश्यक पर्ने मौसम अवलोकन उपकरण उपलब्धतामा सहजीकरण गर्न आग्रह गरेको थियो । अध्ययन टोलीमा मन्त्री भुसाल, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव बाबुराम भण्डारी, वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीलगायतको सहभागिता छ । रासस