२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा



अ+ अ-

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाँड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ । 
नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । 

भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ । बेसिक प्याकेज लिँदा अरु बेलाको रेट रु. ८ हजार रहेकोमा तिजको अवसरमा रु.६ हजार ६ सय ६६ कायम गरिएको छ । 

यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला रु. १० हजार पर्नेमा तिजमा छुट गरी रु.७ हजार ७ सय ७७ कायम गरिएको छ । यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य रु. १३४०० रहेकोमा तिजको अफर अन्तर्गत रु. ९९९९ तोकिएको छ । यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । 

यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ । अरु बेला रु. ८६५० पर्ने प्याकेजलाई रु. ६५०० मै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ । 

यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्याण्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिने बताइएको छ ।