२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाईसीएल नेतृत्वमा सहमति हुन सकेन, प्रचण्डबाटै टुंग्याइयो पदाधिकारी



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृसंगठन वाईसीएलको सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ ।

शनिबारदेखि जारी दुई दिने सम्मेलनमा हिजै सकिनु पर्नेमा नेतृत्वमा दावेदार रहेकाहरू सहमतिमा नआउँदा सम्मेलन लम्बिन पुगेको छ ।

सहमति टुंग्याउन भन्दै आइतबारको सम्मेलन स्थगित गरिएको थियो । तर, सहमतिको प्रयास असफल भएपछि पदाधिकारीको टुंगो पार्टी अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले लगाएका छन् । यद्यपि, कसलाई अघि सारेको भन्नेबारे खुलाइएको छैन । 

सबै जिल्लाबाट केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने गरी प्रदेशहरूले सूची पठाएपछि आजै पदाधिकारीसहितको कमिटी घोषणा गरेर राष्ट्रिय सम्मेलन टुंगिने बताइएको छ । 

हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् । वाईसीएल अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानको दाबी रहेको छ ।