• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

मिटरब्याजी अपराध नियन्त्रण गर्न एक महिने कार्यादेशसहित गृहमन्त्रालयद्वारा कार्यदल गठन



गृह मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मिटरब्याजी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयले एक कार्यदल गठन गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सचिवलाई बोलाएर मिटरब्याजीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको थियो ।

उहाँले मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहलकदमी लिन निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै गृहमन्त्री खाणले मन्त्रिस्तरीय निर्णय गरी कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा गृह मन्त्रालयका सहसचिव डा भीष्म भुसालको संयोजक रहनुभएको छ । छ सदस्यीय कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहनुभएको छ ।

एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको सो कार्यदलको सदस्यसचिवमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का रहनुभएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरेर समस्याका कारण र समाधानका उपायहरू पहिचान गर्ने कार्यादेश दिइएको छ । त्यस्तै मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्नेलगायतका कार्यादेश पनि दिइएको बताइएको छ ।