९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० करोड भारुको अफर रहेपनि अल्लु अर्जुनले गरे रक्सी कम्पनीको विज्ञापन अस्वीकार



अ+ अ-

एजेन्सी । साउथका सुपरस्टार अल्लु अर्जुनले रक्सी कम्पनीको विज्ञापनको प्रस्ताव अस्वीकार गरेका छन् । साउथ इन्डस्ट्री व्यापार विश्लेषक मनोबाला विजयबलनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारु प्रस्ताव गरेको थियो ।

मनोबालाले अल्लुलाई सिद्धान्तको पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथ स्टारले एउटा ब्रान्डको समर्थन गरेबापत ७.५ करोड भारु लिन्छन् । यसअघि उनले एक सुर्ती कम्पनीको विज्ञापनको प्रस्ताव अस्वीकार गरेका थिए ।

अल्लुका नजिकका साथीले आफ्ना फ्यानहरूले यी चीजहरूको विज्ञापन हेरेपछि त्यस्ता उत्पादनहरू प्रयोग गर्न नचाहेको बताएका छन्, जसले गर्दा उनीहरू यसको लतमा पर्छन् । आफूले जे उपभोग गर्दैनन्, त्यसलाई किन प्रवर्द्धन गर्ने भन्ने विश्वास अल्लुको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लुले तंबाकू कम्पनीको विज्ञापनको करोडौंको अफर अस्वीकार गर्दै भनेका थिए– ‘म फ्यानमाझ कुनै गलत कुराको प्रचार गर्न चाहन्न । म आफै पनि चुरोट खाँदिन ।’