८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु
सांकेतिक तस्बिर
अ अ+ अ-

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ । पूर्वराष्ट्रपति डा रामवरण यादवले आज यहाँ आयोजित कार्यक्रममा अभियानको सुरुआत गर्नुभएको हो । उहाँले अभियानले मानिसलाई सर्पदंशबाट बचाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । जीव–जनावरका बासस्थान मासिँदै जाँदा मानिसको संसर्गमा आउने गरेको उहाँको भनाइ छ ।

उहाँले नेपालमा वनजङ्गल मासिँदै गएको र यसले जीव–जनवारको बासस्थान पनि खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै जीव–जनावारलाई बचाउन सके जैविक विविधताको संरक्षण हुने बताउनुभयो । “चारकोशे झाडी र चुरे पनि नासिँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “त्यहाँ रहेका जीव–जनावरको बासस्थान पनि नासिँदै गएको छ । अनि ती जीव–जनावर मानिसको संसर्गमा आइरहेका छन् ।”

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. राजीव पाण्डवले नेपालको तराईमा सर्पदंशका बिरामी देखिने गरेको उल्लेख गर्दै अभियानले विशाक्त सर्पको टोकाइमा बच्न सहयोग मिल्ने बताउनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नेपालमा सरकारी, समुदायिक अस्पताल र नेपाल आर्मी गरी ९० वटा सर्पदंशका उपचार केन्द्र रहेको भन्दै अझै अपुग रहेको बताउनुभयो । उहाँले जनशक्ति, तालिम र उपकरण बढाएर उपचार केन्द्र थप्नुपर्ने बताउनुभयो । उहाँले सर्पदंश उन्मूलन गर्न नसकिने र अभियानमार्फत रोकथाम गर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष करिब १० हजार मानिसलाई सर्पले डसेको थियो । तीमध्ये नौ सय २१ जनालाई विशालु सर्प र आठ हजार नौ सय ५२ जनालाई विशालु नभएका सर्पले डस्ने गरेका छन् । नेपालमा करेत र गोमन विशालु जातका सर्प हुन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले सन् २०३० सम्ममा सर्पदंशको रोकथाम र नियन्त्रण गरिने बताउनुभयो । उहाँले सर्पदंशबाट तराईका मानिस बढी पीडित रहेको भन्दै जनचेतनामार्फत रोकथाम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका डा सञ्जीवकुमार शर्माले सर्पदंशबाट किसान, गाउँघरका गोठ, गाईवस्तु हेर्ने र स्कुल जाने उमेरका बालबालिका बढी पीडित रहेको बताउनुभयो । उहाँका अनुसार सर्पदंशबाट ८० प्रतिशत मानिस अस्पताल नपुगी घर वा बाटोमा नै मृत्यु हुने गरेका छन् । तीमध्ये तीन चौथाइ महिला र बालबालिका मृत्यु हुने गरेका छन् । कुल सर्पदंशमध्ये नेपालमा ७।६ प्रतिशत मानिसको मृत्यु हुने गरेको उहाँको भनाइ छ । उहाँले गाउँघरमा सर्पदंशबाट शिक्षा र जनचेतना जगाउन सके रोकथाम गर्न सकिने बताउनुभयो ।

रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा निर्मल रिजालले तराईको विभिन्न स्थानमा सर्पडसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेको र त्यसबाट बचाउनका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अभियानका क्रममा थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबाट जानकारी गराइने छ ।

उहाँले सर्पदंशबाट बच्नका लागि ग्रामीण भेगका मानिसले जुत्ता लगाएर तथा टर्च बालेर नहिँड्ने तथा राति सुत्दा झुलको प्रयोग नगर्ने गरेकाले यिनै विषयहरुलाई अभियानका क्रममा सिकाइने बताउनुभयो । रोटरी क्लबका पूर्वअध्यक्ष सरोज श्रेष्ठले सर्पले टोकेपछि सर्पको पहिचान कसरी गर्ने भन्ने बारेमा पनि मानिसहरु अनभिज्ञ रहेकाले धेरैको अकालमा ज्यान जाने गरेको भन्दै सर्प कसरी चिन्ने भन्ने बारेमा पनि अभियानमा सिकाइने बताउनुभयो ।

“सर्पले टोक्यो कि अरु केहीले टोकेको हो तथा सर्पको डसाइ कस्तो हुन्छ भनेर ग्रामीण भेगमा सर्पले टोकेपछि धामी–झाँक्रीजस्ता माध्यमबाट विष निकाल्न सकिन्छ भन्ने प्रचलन रहेको छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा मानिसको मृत्यु हुने गरेको पाइन्छ । यस्ता व्यक्तिलाई चाँडोभन्दा चाँडो ‘एन्टिस्नेकभेनम’ औषधि प्रयोग गरेर ज्यान बचाउन सकिन्छ ।”

उहाँले धेरै पनि व्यक्तिलाई धामी–झाँक्रीमा नगई अस्पतालमा जानु पर्दछ र एन्टिस्नेकभेनम औषधि प्रयोग गर्नुपर्दछ भन्ने जानकारी नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई जनचेतना जगाइ सर्पदंशबाट बचाउन आवश्यक रहेको छ । त्यसैले अभियानमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दछौँ ।”

ग्रामीण भेगमा स्थानीय पाँच भाषामा के कारणले सर्पको डसाइ हुन्छ र सर्पको डसाइबाट बच्नका लागि के गर्नुपर्दछ, सर्पले डसेपछि उपचारका लागि कहाँ–कहाँ जानुपर्दछ र क–कसलाई सम्पर्क गर्नुपर्दछ भनेर अभियानका बेला रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट जनचेतना जगाइने छ । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा चार वर्ष २५ जिल्लामा सर्पदंशबाट बच्नका लागि अभियान सञ्चालन गरिने छ ।रासस