३ चैत्र २०८१, आईतवार
March 16, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.56

Wind: 4.12

Humidity: 31

Latest
निजीकरण विधेयक सार्वजनिक संस्थानहरुलाई कौडिको भाउमा बेच्न ल्याइएको होइनः अर्थमन्त्री पौडेल ‘निजीकरण (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत राष्ट्रपतिबाट चार विधेयक प्रमाणीकरण गृहमन्त्री लेखकले गरे भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय यस्तो रहस्यमयी ठाउँ, जहाँ पुगेपछि अचानक गायब हुन्छन् विमान ! चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ सामाजिक सञ्जालमा प्रचण्ड परिवारको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्स परीक्षास्थलमै ट्राफिक सचेतना



अ+ अ-

गलकोट । जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ । दुर्घटना नियन्त्रणका लागि सो कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षास्थलमै पुगेर ट्राफिक सचेतना कार्यक्रम गरिरहेको छ ।

जिल्लाका दूरदराजका विद्यालय तथा सडकमै ट्राफिक सचेतना गर्दै आएको ट्राफिक प्रहरीले अहिले परीक्षास्थलमै ट्राफिक सचेतना प्रदान गर्दा निकै सहज तथा प्रभावकारी भएको जनाएको छ । साविक धवलागिरिको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाका सवारीसाधनको अभिलेख, व्यवस्थापन तथा दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्र प्रदान गर्दै आएको धवलागिरि यातयात व्यवस्था कार्यालय बागलुङसँगको सहकार्यमा कार्यालयले लिने सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षास्थलमै पुगेर परीक्षार्थीहरूलाई ट्राफिक सचेतना प्रदान गर्दै आइरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

मोटरसाइकलधनी सवारीचालक अनुमतिपत्रका लागि परीक्षा दिन आउने धवलागिरि यातयात व्यवस्था कार्यालय र ट्रायल दिने बागलुङ नगरपालिका–१ रामरेखास्थित माझी बस्तीमै पुगेर लाइसेन्स नभई सवारी चलाउँदाको कानुनी समस्या, जरिवाना तथा दुर्घटनाको समयमा हुनसक्ने क्षतिका विषयमा जानकारी गराइँदै आइएको छ ।

“हामीले सडकमा छड्के जाँचका क्रममा तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना नियमतिरूपमा प्रदान गर्दै आइरहेका छौँ, तर यातयात व्यवस्था कार्यालयमा आउने सेवाग्राही जोसँग सवारीधनी हुन्छ उनीहरूलाई परीक्षास्थलमै ट्राफिक सचेतना गराउँदा निकै प्रभावकारी हुने देखियो”, ट्राफिक प्रमुख केसीले भन्नुभयो, “लिखित तथा ट्रायल परीक्षा दिन आएका सेवाग्राहीलाई सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सवारी, लाइसेन्सको महत्व तथा ट्राफिक नियम र चिह्नका विषयमा जानकारी गराएका हुन्छौँ ।”

प्रशिक्षार्थीलाई लिखित तथा प्रयोगात्मक परीक्षामा ध्यान दिनुपर्ने कुरा, ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिह्न, सडक रेखा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकालगायत सवारी नियम कानुनसम्बन्धी ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रहरीले ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाहीसँगै सचेतनासमेत गर्दै आएको हो । कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाही गरेर गत आवमा रु ७० लाख राजस्व सङ्कलन गरेको छ । ठूलो आवाजमा सवारी चलाउने मोटरसाइकललाई पक्राउ गरेर कारबाही गर्ने गरेको छ ।

कारबाही बढाएर मात्रै नभएर ट्राफिक सचेतना समेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय बागलुङमा दुर्घटनामा समेत कमी आएको जनाएको छ । सचेतना प्रदान गर्ने अभियानअन्तर्गत विद्यार्थीलाई कक्षामै पुगेर, समुदायिक सेवामार्फत, सवारीचालकलाई कक्षा, व्यवसायी र चालक परिचालकलाई, सर्वसाधारण, अन्तरक्र्रिया तथा गोष्ठीमार्फत, ट्राफिक दिवसका अवसरमा, माइकिङ, चालक र यात्रुमैत्री कक्षा र पोर्चा पम्पप्लेटमार्फत ट्राफिक शिक्षा प्रदानसमेत गर्दै आएको छ ।

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कारबाही र राजस्व सङ्कलनमात्रै नभएर गत आवमा सात सय ५७ पटक ट्राफिक सेचतना गर्दा २३ हजार आठ सय ५२ जनालाई ट्राफिक नियमसम्बन्धी सेचतना दिइएको छ । गत तीन वर्षको तुलनामा विसं २०७६/७७ मा पाँच हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७/७८ मा ११ हजार आठ सय सात जनालाई सेचतना गरिएको छ । सचेतनाको कार्यक्रम बर्सेनि वृद्धि हुँदा जिल्लामा ट्राफिक नियम उल्लङ्घनका घटनामा क्रमशः कमी आउन थालेको छ ।