८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लाइसेन्स परीक्षास्थलमै ट्राफिक सचेतना

लाइसेन्स परीक्षास्थलमै ट्राफिक सचेतना
अ अ+ अ-

गलकोट । जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ । दुर्घटना नियन्त्रणका लागि सो कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षास्थलमै पुगेर ट्राफिक सचेतना कार्यक्रम गरिरहेको छ ।

जिल्लाका दूरदराजका विद्यालय तथा सडकमै ट्राफिक सचेतना गर्दै आएको ट्राफिक प्रहरीले अहिले परीक्षास्थलमै ट्राफिक सचेतना प्रदान गर्दा निकै सहज तथा प्रभावकारी भएको जनाएको छ । साविक धवलागिरिको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाका सवारीसाधनको अभिलेख, व्यवस्थापन तथा दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्र प्रदान गर्दै आएको धवलागिरि यातयात व्यवस्था कार्यालय बागलुङसँगको सहकार्यमा कार्यालयले लिने सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षास्थलमै पुगेर परीक्षार्थीहरूलाई ट्राफिक सचेतना प्रदान गर्दै आइरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

मोटरसाइकलधनी सवारीचालक अनुमतिपत्रका लागि परीक्षा दिन आउने धवलागिरि यातयात व्यवस्था कार्यालय र ट्रायल दिने बागलुङ नगरपालिका–१ रामरेखास्थित माझी बस्तीमै पुगेर लाइसेन्स नभई सवारी चलाउँदाको कानुनी समस्या, जरिवाना तथा दुर्घटनाको समयमा हुनसक्ने क्षतिका विषयमा जानकारी गराइँदै आइएको छ ।

“हामीले सडकमा छड्के जाँचका क्रममा तथा विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना नियमतिरूपमा प्रदान गर्दै आइरहेका छौँ, तर यातयात व्यवस्था कार्यालयमा आउने सेवाग्राही जोसँग सवारीधनी हुन्छ उनीहरूलाई परीक्षास्थलमै ट्राफिक सचेतना गराउँदा निकै प्रभावकारी हुने देखियो”, ट्राफिक प्रमुख केसीले भन्नुभयो, “लिखित तथा ट्रायल परीक्षा दिन आएका सेवाग्राहीलाई सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सवारी, लाइसेन्सको महत्व तथा ट्राफिक नियम र चिह्नका विषयमा जानकारी गराएका हुन्छौँ ।”

प्रशिक्षार्थीलाई लिखित तथा प्रयोगात्मक परीक्षामा ध्यान दिनुपर्ने कुरा, ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिह्न, सडक रेखा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकालगायत सवारी नियम कानुनसम्बन्धी ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रहरीले ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाहीसँगै सचेतनासमेत गर्दै आएको हो । कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाही गरेर गत आवमा रु ७० लाख राजस्व सङ्कलन गरेको छ । ठूलो आवाजमा सवारी चलाउने मोटरसाइकललाई पक्राउ गरेर कारबाही गर्ने गरेको छ ।

कारबाही बढाएर मात्रै नभएर ट्राफिक सचेतना समेत गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय बागलुङमा दुर्घटनामा समेत कमी आएको जनाएको छ । सचेतना प्रदान गर्ने अभियानअन्तर्गत विद्यार्थीलाई कक्षामै पुगेर, समुदायिक सेवामार्फत, सवारीचालकलाई कक्षा, व्यवसायी र चालक परिचालकलाई, सर्वसाधारण, अन्तरक्र्रिया तथा गोष्ठीमार्फत, ट्राफिक दिवसका अवसरमा, माइकिङ, चालक र यात्रुमैत्री कक्षा र पोर्चा पम्पप्लेटमार्फत ट्राफिक शिक्षा प्रदानसमेत गर्दै आएको छ ।

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कारबाही र राजस्व सङ्कलनमात्रै नभएर गत आवमा सात सय ५७ पटक ट्राफिक सेचतना गर्दा २३ हजार आठ सय ५२ जनालाई ट्राफिक नियमसम्बन्धी सेचतना दिइएको छ । गत तीन वर्षको तुलनामा विसं २०७६/७७ मा पाँच हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७/७८ मा ११ हजार आठ सय सात जनालाई सेचतना गरिएको छ । सचेतनाको कार्यक्रम बर्सेनि वृद्धि हुँदा जिल्लामा ट्राफिक नियम उल्लङ्घनका घटनामा क्रमशः कमी आउन थालेको छ ।