८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल
अ अ+ अ-

रुपन्देही । बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ ।

बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छिट्टै टुङ्गो लाग्ने उहाँको विश्वास छ । सङ्घीय सरकारको योजना र बजेटमा तयार भएको संरचना भएका कारण सम्मेलन केन्द्र सञ्चालनको मुख्य जिम्मेवारी शहरी विकास मन्त्रालयको भएको बताउनुहुन्छ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे । उहाँले भन्नुभयो, “स्थानीय तहलाई जिम्मेवारी दिने हो भने हामी जिम्मेवारी लिन तयार छौँ ।”

सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र सञ्चालन व्यवस्थापनको नेतृत्व उपमहानगरले गरे पनि निजी क्षेत्रलाई जोडेर लैजाँदा भरपर्दो हुने उद्योगी व्यवसायीको सुझाव छ । स्थानीय सरकार र निजी क्षेत्र मिलेर यसको सञ्चालन गर्नु उपयुक्त हुने बताउनुहुन्छ नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्क पोखरेल । यी संरचनाको उचित व्यवस्थापन र सञ्चालनका लागि निजी क्षेत्र सहकार्यका लागि तयार रहेको उहाँको भनाइ छ ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९.६ बिघा क्षेत्रफलमा निर्माण भएको सम्मेलन केन्द्र स्थलमा एक सय ३८ बोटबिरुवा कटान गरिएकाले त्यसको पूर्ति गर्ने गरी ग्रिनरी बनाउने काम गरिएको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका इञ्जीनियर सुमन दर्लामीले बताउनुभयो । आयोजनाले सम्मेलन केन्द्र परिसरमा पर्ने आकाशे पानीलाई समेत त्यही जमिनमा रिचार्ज हुने गरी संरचना बनाइएको जनाएको छ ।

लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तत्कालीन सरकारले ग्रेटर लुम्बिनीको अवधारणाअनुरूप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो ।

बुटवल उपमहानगरपालिकाले संरक्षण गर्दै आएको बुटवल मण्डपमा पूर्वतर्फ बुटवल सम्मेलन केन्द्र र पश्चिमतर्फ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने गरी विसं २०६५ मा सरकारले निर्णय गरेको थियो । विसं २०७६ जेठ १३ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरी सम्मेलन केन्द्रको काम अगाडि बढाइएको थियो ।

बुटवल मण्डपको १६ बिघामध्ये पश्चिमतर्फको ६.४ बिघा क्षेत्रमा एक अर्ब दुई करोडको लागतमा बुटवल प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत निर्माण भइरहेको प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबैभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना तयार पारिएको छ । विद्युत् आपूर्तिका छ सय ३० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ । सभाकक्ष अगाडि पानीका फोहरासहितको पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी पाँचवटा अलग–अलग आकर्षक द्वार निर्माण गरिएको छ । बालउद्यान, कफीसप, रिफ्रेसकक्ष, रजिष्ट्रेशन र टिकट काउण्टरसमेत बनाइएको छ । “लिफ्ट सुविधासहित अपाङ्गतामैत्री संरचना तयार भएको छ ।

यो सम्मेलन केन्द्र निर्माणका लागि दुई चरणमा निर्माण पूरा गर्ने गरी विसं २०७१ मा ठेक्का सम्झौता गरिएको थियो । सम्झौतामा २०७८ पुस मसान्तसम्म सभाकक्ष बनाइसक्ने उल्लेख भए पनि कोरोना महामारीको प्रभावका कारण केही ढिला भएको हो । दोस्रो चरणमा विसं २०७४ मा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो । पछि २०७९ कात्तिकसम्म म्याद थप गरिएकामा त्यसअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताउनुभयो ।

सम्मेलन केन्द्रको पकिक्षो चरणको कामलाई रु २३ करोड र दोस्रो चरणको कामलाई रु ८० करोड गरी रु एक अर्ब ३ करोडमा ठेक्का सम्झौता गरिएको आयोजना प्रमुख पन्थीले बताउनुभयो । नेपालको झण्डा आकारमा तयार गरिएको सम्मेलन केन्द्र झण्डाको माथिल्लो भागको सूर्यअंकित डिजाइनमा निर्माण गरिएको छ भने दोस्रो चरणमा निर्माण गरिएको भवन झण्डाको तल्लो चन्द्रअंकित डिजाइनमा तयार गरिएको छ ।

पहिलो चरणमा निर्माण गरिएको सूर्य आकारको भवनमा एक हजार क्षमताको मुख्य सभाकक्ष रहेको भवन, दुईटा प्रवचन कक्ष, छ वटा बैठक कक्ष, विशिष्ठ कक्ष, श्रव्यदृश्य कक्षलगायतका कक्ष छन् भने दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुईटा ५०–५० र दुइटा एक–एक सय क्षमताका कक्ष छन् । दोस्रो चरणमा सभाकक्ष परिसरको हरियालीसहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङस्थल, पोखरी, बगैंचालगायतका संरचना निर्माण गरिएको छ ।

हाल प्रदर्शनी केन्द्रको तीनवटा ब्लकमा ट्रष्ट निर्माण तथा बी र सी ब्लकमा स्टिलको खम्बा राख्ने काम भइरहेको छ । निर्माणाधीन प्रदर्शनी केन्द्रको तीनवटा ब्लकमा आठ सय ३८ स्टल सहभागी हुन सक्नेछन् । कवर्ड स्टल रहने भएकाले जुनसुकै मौसम र समयमा पनि प्रदर्शनी आयोजना गर्न सकिने छ ।

बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा एक पटकमा १० हजार जनाले अवलोकन गर्न सक्नेछन् भने २० हजार अटाउन सक्ने कक्ष, दुई हजार जनाले एकै पटक खाजा खाना सक्ने गरी ‘फुड कोर्ट’ निर्माण गरिँदैछ । यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान, चार सय मोटरसाइकल र चार सय चारपाङ्ग्रे गाडी पार्किङ गर्न मिल्ने गरी सभाकक्ष र सम्मेलन केन्द्रको बीचमा पार्किङस्थल तयार गरिएको छ । यसबाहेक दुईटा बैठक कक्ष, कफीसप, दर्ताकक्ष, टिकट काउन्टरलगायत गरी रु एक अर्ब दुई करोडमा संरचना निर्माण हुनेछन् ।

प्रदर्शनी केन्द्र निर्माणपछि यो स्थलमा मेला महोत्सव सञ्चालन गर्न व्यवसायी आतुर छन् । आफ्नो व्यवसाय, उद्योग र उत्पादनको प्रचारका लागि यहाँका व्यवसायीहरू प्रदर्शनी केन्द्र निर्माणको पर्खाइमा रहेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वल कसजु बताउनुहुन्छ । प्रदर्शनी केन्द्र बनेपछि हामी हरेक महिना कृषि, पर्यटन, सौन्दर्यसामग्रीजस्ता अलग–अलग सामग्री र उत्पादनको प्रवद्र्धन गर्ने गरी मेला आयोजना गर्न सकिने उहाँको भनाइ छ । रासस