२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्किएलगत्तै झलनाथले भने, ‘सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु’



अ+ अ-

काठमाडौं । एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीमा लामो उपचारपछि स्वदेश फर्किएका छन् । 

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका उनी सोमबार स्वदेश फिर्ता भएका हुन् । 

त्रिभुवन विमानस्थलमा खनाललाई पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले स्वागत गरेका थिए । त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा खनालको लिखित मन्तव्य पढेर सुनाइएको थियो । मन्तव्यमा खनालले आफूले पुनर्जीवन पाएको बताएका छन् ।

‘मेरो शल्यक्रिया शतप्रतिशत सफल भएको छ, मेरो यो नाफाको जीवन हो,’ खनालले भने, ‘उमेरले ७१ वर्ष पार गरिसकेँ, अब सास रहुञ्जेल यो देशको सेवामा समर्पित रहन्छु । ’

यस्तै खनालले आफूलाई पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएको भन्दै उनीप्रति आभार प्रकट गरेका थिए ।  

तस्बिरः केशरी रेग्मी