६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेकुराको श्रोत पहिचान हुन नसक्दा स्वास्थ्य समस्या जटिल बन्दैछन्ः महानायक हमाल



अ+ अ-

महानायक राजेश हमालले खानेकुराको श्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताउनु भयो । उहाँले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्यवद्र्धक हुने बताउनु भयो ।

महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताउनु भयो । उहाँले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराउनु भयो । महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंले यसमा पहलकदमी थाल्नुपर्ने बताउनु भयो । उहाँले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताउनु भयो । उहाँले मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभइ जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हीत गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई कसरी प्रयोग गर्ने भन्ने बनाइरहन्छन् र हामी हाम्रो बारेमा नै बिर्सिन्छौँ । हामीसँग जतिपनि उत्पादन गर्ने संयन्त्रहरु छ । तिनीहरु कन्जुमरले गर्दा चल्ने हो । तर त्यो शक्ति हामीले बिर्सिरहेका हुन्छौँ । हामी आधुनिकतामा वहिकएका छौँ । हामी चाहे उनीहरुको विज्ञापनमा, लालचीमा, आकर्षित प्याकेजिङमा होस्, चाहे आधुनिकताको नाममा होस् हामी वहकिएका छौँ । हामी आधुनिकताको नाममा यसरी वहकिएका छौँ कि, हामीले उपभोक्ताको हिसावले के गर्नुपर्छ भन्ने कुरा नै बिर्सिसक्यौँ । आफ्नो शक्ति के हो हामीलाई नै थाहा छैन । त्यसलाई पनि हामीले बिर्सिएर दाउमा राखेका छौँ । हामीले प्रयोग गर्ने सामानहरु कस्तो प्रयोग गरिरहेका छौँ । हामी विज्ञापनमा लागेर गरिरहेका छौँ कि, अहिलेको सामाजिक सञ्जालका कारण वहकिएका छौँ ? त्यो खानेकुरा वा लगाउने कुरा नै किन नहोस् । हामीले उपभोक्तको हक,अधिकार र पावरलाई नबुझिकन जथाभावि खरिद गरिरहेका छौँ । हामीले खर्च गरेको रकम कस्तो सामग्रीमा खर्च गरिरहेका छौँ त्यसमा सावधानी अपनाउन आवश्यक छ । हामीले प्रयोग गरेको वस्तु गुणस्तर छ कि छैन भन्ने कुराको ध्यान दिनु आवश्यक छ । आजको स्थितिमा खतराको घण्टी नै बजिसकेको छ तर हामी अझै सचेत हुन सकेका छैनौँ । मान्छे बिरामी भयो भनेर आश्चर्य हनुको ठाउँमा कसरी स्वस्थथ भइरहेको छ भनेर आश्चर्यमा परेको छ । हामी खानेकुराको गुणस्तर पहिचान गर्न सकिरहेका छैनौँ । स्वास्थ्यमा सचेत हुन सकेका छैनौँ । स्थानीय उत्पादित खानेकुरालाई जोड दिनुपर्छ । मान्छेले खानेकुरा नि फ्याक्ट्रीबाट उत्पादन गर्ने हो र मान्छेले खानेचिज त जमिनबाट उत्पादन गर्नुपर्छ ।’

महानायक हमालले अहिले आफूले खाने खानाको श्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताउनु भयो । उहाँले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरुको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै त्यसतफै सचेत रहन पनि आग्रह गर्नुभयो । उहाँलै स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरुको बहिष्कार गर्न आवश्यक रहेको बताउनु भयो ।