• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौँ बाटै



काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले काठमाडौँमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो । काम विषेशले काठमाडौँ पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनभयो ।

‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’’ उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।”

जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौँमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौँ पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उहाँको भनाइ छ । वर्षात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ ।