२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको सेवा काठमाडौँ बाटै



अ+ अ-

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले काठमाडौँमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो । काम विषेशले काठमाडौँ पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनभयो ।

‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’’ उहाँले भन्नुभयो,‘‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।”

जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडौँमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिनुभयो । स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडौँ पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उहाँको भनाइ छ । वर्षात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ ।