८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सञ्चारमाध्यमको सङ्ख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड

सञ्चारमाध्यमको सङ्ख्याभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ । नेपाली पत्रकारिता क्षेत्रका विज्ञहरुले आमसञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धिभन्दा पनि विषयवस्तुको गुणस्तरमा जोड दिनुभएको छ ।

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रले आज आयोजना गरेको ‘देशका मिडियाः बदलिँदो समयमा प्रेसका चुनौती’ विषयक अन्तरक्रियामा सञ्चार क्षेत्रका विज्ञहरुले पछिल्लो समयमा बजारको अध्ययन नगरीकन आफ्नो सोख पूरा गर्ने उद्देश्यले मिडिया खोल्ने तर विषयवस्तुमा मतलब नराख्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो । पत्रकारिताका प्राध्यापक पी खरेलले नेपाली पत्रकारिता क्षेत्रलाई सोसल मिडयासँग तुलना गर्न नहुने भन्दै आमसञ्चारमाध्यमले मुख्यगरी जनताका विषयवस्तुमा बढीभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले सूचना, सञ्चार र प्रविधिको तीव्र विकाससँगै आमसञ्चारमाध्यमले पनि आफूलाई समयअनुरुप परिवर्तन गर्दै लैजानुपर्ने र विशेषगरी समाचार कक्षको विश्वसनीयतालाई कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा परिवर्तन ल्याउनका लागि मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको छ र महत्वपूर्ण भूमिका हुनुपर्छ, राज्यले मिडियालाई नियन्त्रण होइन, लोकतान्त्रिक हिसाबले सहयोग गर्नुपर्छ, राज्यको सहयोग नभईकन मिडिया चल्न गाह्रो हुन्छ ।” सञ्चारसम्बन्धी कानुनका विज्ञ डा रामकृष्ण तिमिल्सेनाले भन्नुभयो, “वास्तवमा नेपालमा कति मिडिया हाउसको आवश्यकता हो, कति पत्रकार हुनुपर्ने हो, पत्रकारिता अध्ययन गर्ने कलेज कति हुनुपर्ने हो, त्यसबारेमा अहिलेसम्म पनि अध्ययन हुन सकेको छैन, अध्ययन हुन जरुरी छ ।”

प्राडा कुन्दन अर्यालले नेपाली पत्रकारिताका विषयवस्तुका बारेमा सम्पादक बीचमा पनि छलफल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । बाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले पत्रकारले लेखेका समाचार गुणस्तरीय र विश्वसनीय हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले राससले सम्प्रेषण गर्ने समाचार सामग्रीमा अझै सुधार गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । पत्रकार रुचि श्रेष्ठले “आमसञ्चारमाध्यम र पत्रकारको सङ्ख्या बढी छ, तर पठनीय स्टोरी छैन, मिडियाको सङ्ख्या धेरै छ, तर कसरी चलेका छन् मिडिया भन्नेबारे अध्ययन भएको छैन”, भन्नुभयो । आमसञ्चारमाध्यमहरु आलोचनात्मक हुनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव ओम शर्माले नेपालमा साँच्चिकै जनताको पत्रकारिता हुन नसकेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको पक्षमा धेरै सवाल छन्, तर जनताको पक्षमा पत्रकारिता हुन सकेको छैन, मैले सञ्चालन गरेको रातोपाटी डट कमले पनि जनताको पक्षमा जम्मा २० प्रतिशत मात्रै पत्रकारिता गरिरहेको छ ।” पत्रकार कलेन्द्र सेजुवालले क्षमतावान् पत्रकार उत्पादनमा जोड दिनुभयो । पत्रकार केपी ढुङ्गानाले आमसञ्चारमाध्यममा गरिएको लगानी पारदर्शी हुनुपर्छ भन्नुभयो ।

अधिवक्ता रामकृष्ण निरालाले पत्रकारिता क्षेत्रलाई अझै व्यवस्थित बनाउन पत्रकार र सञ्चारमाध्यमले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर नेपालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रका निम्ति ‘सोसल मिडिया’ चुनौती बन्दै गएको सन्दर्भ उल्लेख गर्दै आमसञ्चारमाध्यमले आफूलाई परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो । एक दशकअघि स्थापना भएको केन्द्रले मिडियाको क्षेत्रमा अध्ययन, अनुसन्धान, अन्तरक्रिया र पैरवी गर्दै आएको छ ।