८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

रोल्पाबाट ७८ महिला र बालबालिका हराए
अ अ+ अ-

रोल्पा । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन ।

जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ महिला, चार बालबालिका हराएका थिए । यसरी हराएका महिला बालबालिकामध्ये २६ जना मात्रै फेला परे ।

सो वर्ष हराएका चारजना भेटिएनन् । आर्थिक वर्ष २०७७/७९ मा हराएका ४८ जनामध्ये ३४ जना फेला परे भने १४ जना फेला पर्न सकेनन् । अघिल्लो आर्थिक वर्षमा ३५ महिला, बालबालिका हराए । यसरी हराएकामध्ये २९ जना मात्रै फेला परे । बाँकी ६ जना अझै फेला पर्न सकेका छैनन् ।

हराएकाका अभिभावकले दिएको सूचनाका आधारमा खोजी कार्य गर्न देशभरका प्रहरी युनिटमा हुलियासहित जानकारी गराइने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज जितु बुढाथोकीले बताउनुभयो । “हुलियाकै आधारमा प्रहरीले हराएकालाई फेला पार्ने गरेको छ”, बुढाथोकीले भन्नुभयो । हराएकामध्ये ठूलो सङ्ख्याका महिला तथा बालबालिकालाई प्रहरीले काठमाडौँका इँटा भट्टामा फेला पार्ने गरेको छ । इँटाभट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाई लैजाने भएकाले अधिकांश महिला, बालबालिकाका परिवारलाई जानकारी नदिइ भाग्ने गरेको पाइन्छ ।

राम्रो लाउने, मीठो खाने लहडमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिइ भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ । हराएको भनेर उजुरी परेकामध्ये केही महिला तथा बालबालिका भने आफै घर फर्किसकेका छन् । अभिभावकले दिएको हुलियाको आधारमा प्रहरीद्वारा खोजतालास गर्दा र आफै घर फर्केकासमेत प्रहरीले जानकारी दिएको छ ।

घरका सदस्यले मादकपदार्थ सेवनले हुने पारिवारिक बेमेलले गर्दा महिलालाई घर छाड्न बाध्य हुने गरेको पाइएको माहिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । आफुखुसी हिँडेका महिला तथा बालबालिका देशका विभिन्न इँटा भट्टा, होटेल तथा भारतका विभिन्न स्थानमा रोजगारीमा संलग्न हुने गरेको समेत उहाले बताउनुभयो ।

खोजतलासका लागि भन्दै बारम्बार जिल्ला प्रहरी कार्यालय धाउँदासमेत उनीहरुको आर्थिक व्यवस्थापन चुनौती पूर्ण बन्ने गरेको बताइन्छ । घरको आर्थिक अवस्था कमजोर हुने नै यसरी हराउने गरेका कारण खोजतलासका लागिसमेत आर्थिक व्यवस्थापन गर्नुपर्दा थप आर्थिक भार थपिने गरेको बताइन्छ ।