८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जग्गा छ, पार्किङ सुविधा छैन

जग्गा छ, पार्किङ सुविधा छैन
अ अ+ अ-

गलकोट । बागलुङ बजारस्थित आवारोडमा रहेको नेपाल टेलिकममा लथालिङ्ग जग्गा छ । पार्किङको सुविधा पर्याप्त भए पनि कार्यालय समयमा पार्किङ ढोका खुल्दैन । कार्यालयका कर्मचारी र छिमेकका सवारीधनीलाई मात्रै पार्किङ सेवा दिँदै आएको टेलिकम कार्यालयले सेवाग्राहीलाई भने पार्किङ सुविधा दिँदैन ।

नेपाल टेलिकममा गएका सेवाग्राहीले बाहिर सडकमै मोटरसाइकल तथा कार पार्किङ गरेर सेवा लिँदा ट्राफिक व्यवस्थापनमा भने समस्या हुने गरेको छ । नेपाल टेलिकम मात्रै होइन जिल्ला प्रशासन कार्यालयलेसमेत सेवाग्राहीलाई पार्किङ सुविधा दिँदैन ।

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ । प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन् । यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन् ।

पर्याप्त जग्गा भएरसमेत सेवाग्राहीलाई पार्किङ सेवा नदिने कार्यालयमा जिल्ला मालपोत कार्यालय, विद्युत् कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, नापी कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जलस्रोत तथा सिञ्चाइ डिभिजन कार्यालयको पार्किङ ढोका समयमै खुल्दैनन् । विद्युत् कार्यालयको भित्र पार्किङस्थलमा त झनै ब्याडमिन्टन खेलका लागि प्रयोग हँुदै आएको छ ।सेवाग्राहीलाई पार्किङका लागि स्वास्थ्य कार्यालय र आन्तरिक राजस्व लगायतका केही थोरै कार्यालयले मात्रै पार्किङ सुविधा दिँदै आएका छन् ।

साँघुरो बागलुङ बजारमा पार्किङ व्यवस्थापन जटिल बन्दै गएपछि बागलुङ नगरपालिकाले पार्किङ सुविधा भएका कार्यालयलाई पार्किङ सेवा दिन आग्रह गरेको भए पनि सरकारी कार्यालयले अटेरी गरिरहेका छन् । नगरपालिकाले सुरुआती चरणमा भएका सरकारी कार्यालयले पार्किङ सुविधा दिने र अन्य बैंकलेसमेत विस्तारै पार्किङको व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले दुई महिनाअघि अनुरोध गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । तर नगरपालिकाले गरेको आग्रहलाई सरकारी कार्यालयले अटेरी गरेका छन् ।

“पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले विभिन्न योजना अघि सारेको छ, जसमध्ये सरकारी कार्यालयले भएको जग्गामा पार्किङ सुविधा दिन आग्रह गर्ने, पार्किङस्थलको खोजी गर्ने तथा निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि पार्किङ सेवा दिने भन्ने हो”, उपप्रमुख खड्काले भन्नुभयो “हामी अहिले अध्ययनमै छौँ, तर सरकारी कार्यालयका सेवाग्राहीलाई पार्किङ सेवा नदिँदा सडकमै सवारी पार्किङ गर्दा समस्या आएको गुनासो छ ।”

भएको जग्गामा पार्किङ सुविधा नदिएको विषयमा विद्युत् कार्यालयका निमित्त प्रमुख प्रकाश काफ्लेले कार्यालयमा जग्गा अभाव भएको बताउनुभयो । उहाँले कार्यालयमा भएको जग्गामा विद्युतीय सामाग्री राख्न समस्या हुने बताउँदै विद्युत् कार्यालयमा कार्यालयका अत्यावश्यक सवारी आउजाउ गर्दा समस्या भएकाले पार्किङ सेवा नदिएको बताउनुभयो । तर कार्यालयमा ब्याडमिन्टन कोटसमेत बनाइएको छ ।

बागलुङ नगरपालिकाले सरकारी कार्यालय, ठूला होटल तथा उद्योगले सकेसम्म पार्किङ सेवा दिनेगरी नीति बनाउन थालेको छ । खासगरी सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, नेपाल टेलिकम, मालपोत कार्यालय, नापी कार्यालयले भएको पार्किङ सुविधासमेत सेवाग्राहीलाई नदिँदा बागलुङ बजारमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

अहिले एकातर्फी पार्किङले बागलुङ बजारको ट्राफिक जाम केही हदसम्म नियन्त्रणमा आए पनि दीर्घकालीन व्यवस्थापन भने हुन सकेको छैन । जिल्ला ट्राफिक कार्यालय बागलुङले पार्किङ सेवा दिन सक्ने कार्यालय, बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरिरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले बताउनुभयो । केसीले सबैको समन्वयमा मात्रै सहज ट्राफिक व्यवस्थापन हुने बताउनुभयो ।